सर्वोच्चको आदेशपछि स्वतः खुल्यो दक्षिण कोरियाको एनओसी
काठमाडौँ – अध्ययनका लागि दक्षिण कोरिया जाने विद्यार्थीका लागि रोकिएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) खुलेको छ । सर्वोच्च अदालतको आदेशपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यार्थीका लागि एनओसी खुल्ला गरेको छ ।
सर्वोच्चको आदेश कार्यान्वय गर्ने निर्णय गरेर एनओसी शाखामा लेखि पठाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख वैकुण्ठ अर्यालले मोटिभेट न्यूजसँग कुरा गर्दै एनओसी खुलाउने निर्णय भएर कार्यान्वयनमा गइसकेको बताए । गत वैशाख ३० गते कोरियास्थित नेपाली दूतावासको आग्रह र परराष्ट्र मन्त्रालयको पत्रपछि शिक्षा मन्त्रालयले एनओसी रोक्ने निर्णय गरेको थियो । …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed