१७ शैक्षिक कन्सल्टेन्सी सीआईबीको उच्च निगरानीमा (नामवलीसहित)

काठमाडौं – विद्यार्थी ठगेको उजुरीपछि सीआईबीले १७ शैक्षिक कन्सल्टेन्सीलाई उच्च निगरानीमा राखेको छ । नेपालबाट अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (युएई) पठाएर कन्सल्टेन्सीले ठगी गरेको उजुरीपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले अनुसन्धान थालेको छ ।
सीआईबी नेतृत्वले यो केसको अनुसन्धान गर्न डिएसपीलाई जिम्मा दिएको छ । ‘विद्यार्थीको उजुरीको आधारमा सीआईबीका विभिन्न पोलमध्ये डिएसपीको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।’, सीआईबी श्रोतले भन्यो, ‘तर अनुसन्धान कहाँ पुग्यो भन्ने विषय अहिले भन्न सकिने अवस्था छैन ।’
दुबईमा दर्ता नभएका कलेजमा विद्यार्थी भर्ना गरेको, भर्ना गरेका विद्यार्थीलाई दुबई पुर्याएर अलपत्र …