अमेरिका नेपाललाई आफ्नो सैन्य अखडा बनाउन चाहन्छ : माइला सी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माइला सीले अमेरिकाले नेपाललाई आफ्नो सैन्य अखडा बनाउन चाहेको बताएका छन् । आइतबार ‘समाजवादी जागरण अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाले आफ्ना कट्पुतलीमार्फत नेपालमा सेना ल्याउन चाहेको बताएका हुन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको रङ्गी विरङ्गी अनुहारले नेपाल खतरामा रहेको संकेत गरेको बताए । ‘कट्पुतली सरकारमा रहेको रङ्गीविरङ्गी अनुहारको बारेमा बाहिरिएका विभिन्न तथ्यहरुले प्रमाणित गर्छ की उनीहरु अमेरिकी कट्पुतली हुन् ।’, उनले भने, ‘यही कट्पुतली मण्डलीका कारण नेपालमा आउने छ इण्डो प्यासिफिक रणनीति अन्तरगतको एसपीपी । त्यही एसपीपीमार्फत अमेरिका नेपालमा  सैन्य अखडा …