‘रोइ रहेछ कर्णाली’


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०७५
20K
SHARES

कविता 

कर्णालीमा
बस्ने बास नहुँदा
खाने गाँस नहुँदा
लगाउने कपास नहुँदा
जहिले पनि आँखाबाट आँसु निकाल्दै
रोहिरहेछ कर्णाली !!!!!!

कठै मेरी कर्णाली
कहिले बाढिले कहिले आँधीले
ति गरीबका टहराहरु भत्किदै गर्दा
अनि सरकारसंग गुहार माग्दा
सरकार सुनसान हुँदा
कसैले केही कुरा नसुन्दा
रोहिरहेछ कर्णाली !!!!

भ्रष्टाचारीलाई सजाय नदिदा,
जनताहरुको पैसा खाएर
रमाउने ति नेताहरु
अनि
बलत्कारीलाई फासी नदिदा
दिनहुँ धेरै दिदी बहिनीको हत्या हुँदा
कानुन नहुँदा विवेक एेडी
जस्ता युवाहरुले ज्यान गुमाउदा
आँखाबाट आसु बगाउदै
रोइ रहेछ कर्णाली !!!!!

आमा बने ठुलो सपना बोकेकी
ति गर्भवती आमाहरुले
राम्रो उपचार नपाएर
दिनहुँ ज्यान गुमाएको बेला
अनि
राम्रो शिक्षा नपाएर
पढन नसकेका ति गरीब जनताका

छोराछोरीहरुले दिनै पिच्छे
ति बन जंगल धाइ रहदा
रोहिरहेको छ कर्णाली !!!!!!