यो शहर जहाँ हजारौ मानिसहरुको अस्तित्व छ । प्रत्येक मानिसहरुको आ–आफ्नै बान्कीको रुप । कोही कालो, कोही गोरो, कसैको नाक थेप्चो, कसैको नाक चुच्चो, कसैका गालामा फूल फुल्न बसन्त कुर्नु पर्दैन त कसैका गाला बसन्तमा पनि शुष्क र उजाड । सुन्दर र असुन्दर रुपको भीडमा यहाँ रुपै रुपको चर्चा छ । बाहय रुपै रुपको चर्चा हुने यो शहरमा यस्तो लाग्छ, मानौ असुन्दर रुप बोकेर यो धर्तीमा ओर्लनु ठूलो अभिशाप हो । यस्तै सुन्दर र असुन्दर रुपको भीडमा एक असुन्दर रुप बोकेकी नारी ज्योत्स्ना, एक त्यस्तो कुरुप रुपको प्रतिनिधि, जो अरुको …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed