कविता ‘आकृति र डोरी’

उ मुस्कुराउन्छ
बिना उद्देश्य
एकटकले आकाश तिर
नजर डुलाउँछ पनि
घरिघरि यताउता हेर्ने गर्छ
सायद प्रतिक्षा हो कि कसैको
बिहानदेखि यहिँ देखेको हो
उस्लाई मैले
म बिहान टिपेर
साझँ बोकेर ल्याउँदासम्म
यतै देख्छु उस्लाई
म हेरी रहन्छु
निरन्तर उस्को कृयाकलाप
एकछिनपछि
झोलाबाट सेतो छोटो चिज निकाल्छ
र अगाडी बढछ
सायद हुनुपर्छ चक उस्को हातमा
नजिकैको ढुङ्गामा केहि लेख्छ
टाढाबाट हेर्दा
लाग्छ कसैको आकृती हो त्यो
अनि उ फर्केर एक पटक यताउती हेर्छ
अगाडी बढदै ओझेल हुन्छ
उत्सुक लागेर
म ढुङ्गा सामु पुग्छु
देख्छु एउटी सुन्दरीको आकृती
र संगै लामो डोरीको चित्र,
चित्रको तल लेखिएको थियो मेरो अतृप्त आशा,
एका बिहानै समाचारबाट सुनियो
२१ बर्षको केटोले डोरीमा झुण्डिएर
गए राती आफ्नो घरमै आत्महत्या!!!