यसरी भएको थियो सतीप्रथाको सुरुवात र अन्त्य


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, असार २० २०७७
25.1K
SHARES

काठमाडौं – मृतक पतिको पार्थिक शरिरसँगै चितामा जलेर आफ्नो देह त्याग गर्ने प्रथालाई सतीप्रथा भनिन्छ । समान्य भाषामा सतीप्रथाको अर्थ ‘अमर अथवा सत्यमा अमर रहनु’ भन्ने हुन्छ । प्राचीन हिन्दू साहित्यिक ग्रन्थहरुमा सती शब्दको सट्टा ‘सहगमन’, ‘अनुसरण’ जस्ता शब्दको प्रयोग गरिएको पाइन्छ ।

हिन्दू समाजमा सतीप्रथाको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा पुराणमा उल्लेख गरिएको छ । ‘दक्ष प्रजापतिकी जेठी छोरी सतीदेवीको भगवान शिवसँग विवाह भएको थियो । दक्ष प्रजापतिले एक विशाल यज्ञको आयोजना गर्दा जेठी छोरी सतीदेवी र ज्वाई शिवबाहेक अन्य सबै देवता तथा छोरीहरुलाई निमन्त्रणा गरेका थिए । यो कुरा थाहा पाएपछि सतीदेवी माइत गएर किन यसो गरेको भनि सोध्दा बाबु प्रजापतिले शिवलाई तथानाम गाली गर्दै निन्दा गरी त्यसलाई सहन नसकी हवन हुँदै गरेको यज्ञकुण्डमा हाम फालीर देह त्याग गरिन र त्यतिनै वेलादेखि सतीप्रथाको सुरुवात भयो’ उनी लेखिएको छ ।

सतीप्रथाको सुरुवातको सम्बन्धमा श्री अल्टेकर भन्छन, ‘प्रागऐतिहासिक कालदेखि नै मानिसलाई जिवित अवस्थामा जे आवश्यक पर्दछ त्यति नै आवश्यकता मृत्युपछि पनि हुन पर्दछ भन्ने विश्वास रहिआएको थियो । त्यसैले मृतकका स्ष्टमित्र तथा नातागोताहरुले आफ्नो दायित्व मृतक जीवित छदा जे जति कुराहरु उसलाई आबश्यक थिए ती सबै कुराहरु उसको मृत्यु हुँदा अर्पण गर्नुपर्ने महशुस गर्न थाले । यो अवधारणा खासगरी राजारजौटा, उच्च कुलिन तथा युद्ध मैदानमा उपस्थित वीर योद्धाहरुमा बढि प्रचलित हुन थाल्यो । त्यस्ता व्यक्तिहरुको मृत्यु हुँदा जीवित छदा उसले प्रयोग गर्नेहरु पत्नी, घोडा, नोकरचाकर, धनुषबाण, तरवार आदि सबै प्रिय बस्तुहरु मृत्यु पछि पनि अतिआबश्यक पर्दछ भनी ती बस्तुहरु मृतकको दाहासंस्कारसँगै समर्पण गर्न थालियो ।’

त्यही मनोविज्ञानको विकासले गर्दा नर्वेजियन, सिथिइन, केल्टा र चीनियाँहरुमा मृतककी पत्नीलाई मृतकको शवसँगै जलाउने वा गाड्ने गर्न थालियो । कालान्तरमा गएर यसले परम्पराको रुप लियो र मध्यकालिन हिन्दू समाजमा यसले गहिरो जडा गाड्न पुगेको थियो । प्राचीन कालमा ग्रिकमा पनि यो परम्परा कायम थियो । चीनमा भने सम्राटको शबसँगै सेना श्रीमतीहरु, सुसारेहरु र मलामीहरुलाई समेत गाड्ने गरिन्थ्यो ।

हिन्दू समाजमा सामाजिक कलंकका रुपमा रहेको सतीप्रथाको अन्त्य भने आधुनिक कालमा आएर भएको थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय प्राप्त गरेपछि पनि यो परम्परा यथावत् कायम रहेको थियो । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले सतीप्रथाको अन्त्य गर्न नसकेपनि यसलाई निरुत्साहित गर्ने प्रयास गरेका थिए ।

विं.स १९१० को मुलुकी ऐनमा सतीप्रथालाई निरुत्साहित पार्न कयौं कुराहरु उल्लेख गरिएका थिए । भारतमा लड विनियम वेन्टिक कम्पनी सरकार प्रमुख भएका वेला सन १८१९ मा सतीप्रथालाई गैरकानुनी घोषित गरेका थिए । त्यस्तै नेपालमा २८ जुन १९२० मा प्रधानमन्त्री चन्द्र शमशेरले कानुन तवरबाट नै सतीप्रथाको अन्त्य गरेका थिए ।