किन निरङ्कुश बन्दैछ ओली सरकार ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७
14.8K
SHARES

काठमाडौं – डबल नेकपाको सरकारलाई अधिनायकवाद र सर्वसत्तावादको आरोप लागिरहेको वेला संबैधानिक परिषदबाट नियुक्ति गरिने पदहरुमा आफ्नो अनुकुलको निर्णय गर्न अध्यादेश मार्फत ल्याउने विधेयकले अब अधिनायक प्रवृति र सर्वसत्ताको शौख मात्रै हैन निरङ्कुशता तिर गएको देखिएको छ।

अहिले नेकपाभित्रको यो कम्युनिस्ट सरकारमा सरकार संचालनको शैली उसकै सहयात्रीहरुबाट प्रखर विरोध हुदै आएको छ । सरकार नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई अहंकारी घमण्डी मिचाहा भएको आरोप लागिरहेकै समयमा अहिले ल्याएको संबैधानिक परिषद सम्बन्धी विधेयकले नेकपाभित्र अरु द्वन्द त भित्र्याउछ नै र यसले अब हुने हिउदे अधिवेशनमा थप तनाव थप्ने छ ।

संबैधानिक परिषदको बैठकमा पछिल्लो पटकको बैठक नेपाली कांग्रेसका सभापपति शेर बाहादुर देउवाले आफ्नो अनुपस्थित हुने कुरा जानकारी गराएपछि र प्रचण्ड निकट मानिएका सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित भएपछि आएको यो विधेयकले नेपाली काग्रेस र प्रचण्डलाई थप चिडाउने देखिएको छ।

काग्रेसले अहिले नेकपा सरकारको विरुद्धमा सडक आन्दोलन गरिरहेकै समयमा आएको विधेयकले आन्दोलन अरु तेजले बढ्ने त छदैछ वर्तमान सरकारप्रति संस्थापन पक्षबाटै अत्यन्त दरिलो विरोध र असन्तुष्टी रहदै आएको छ । काग्रेसको सडक आन्दोलन चलिरहेको अवस्थामा सरकारबाट ल्याइएको विधेयक राजनीतिक क्षेत्रमा अर्थपुर्ण देखिदै छ ।

अहिले प्रधानमन्त्री केपी ओलीले सरकारनेतृत्व गरेकाले र सरकारमा रहेका मन्त्रीहरुले ओलीलाई दह्रो साथ र सहयोग गरेकाले पनि ओलीलाई यस्ता खालको निर्णय गर्न सहज भएको देखिएको छ ।

गणतन्त्रपछि बनेका सरकारको तुलना गर्दा केपी ओलीलाई मुटु दरो र अदम्य साहास भएका नेताका रुपमा बुझ्न पर्छ । किनकि नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतहरुको विरोध, घेराबन्दी र गुटवन्दीको चरम सुनाना रहदै फुटको सम्भावना एकातिर छ भने अर्को तिर काग्रेसको सडक आन्दोलन र राजावादीहरुले समेत सडक तताएको अवस्थामा केपी ओलीको पार्टीमा गरिएका संवाद र सरकार संचालन शैली एकल नेतृत्वामा भइरहेको हुदा प्रधानमन्त्री ओलीलाई साहासी र मुटु दरो भएको नेतामा लिनु पर्छ ।

तर प्रधानमन्त्री ओलीको मुटु दरो र सहासले नेपालको राजनीतिमा निस्चयनै प्रेसर बढाउने नै छ । यो राजनीतिक प्रेसरले नेपालमा स्थापित संघिय गणतान्त्रिक व्यवस्थालाई हर्टएट्याक गराउनेछ । त्यो हर्टएट्लेयाकले मृत्यु या प्यारालाइसिस गर्छकी भन्ने चिन्ता सर्वत्र गरिदै छ ।

अहिले नेपालमा बढिरहेको राजनीतिक सरगर्मीले यस्तो आंकलन गर्न थालिएको छ । यस्तो आंकलन अहिले नेपाली काँग्रेसभित्र पनि गरिन थालिएको छ । काँग्रेस यो दुर्घटना हुन नदिन सवैभन्दा बढी जिम्मेवार हुनपर्छ । कथंकदाचित प्रधानमन्त्री ओलीको दरो मुटु र साहसले भोली नेपालको राजनीतिमा प्रेसर वडेर संघिय गणतान्त्रिक व्यवस्थामा हर्टएट्याक भइ कुनै दुर्घटना घटे नेपालको दुर्भाग्य नै हुनेछ र दुर्भाग्यको सिकार राजनीतिक दलहरुमा सबैभन्दा बढी नेपाली काँग्रेसले बोक्न पर्नेछ । त्यसपछि मानव अधिकार, नागरिक हक अधिकार विचार र अभिव्यक्तिको स्वतन्त्रता, लोकतन्त्रको पक्षपाती रहेको काँग्रेसमा सवैको भरोसा, आसा, निष्ठा र विश्वास छ । जनताको त्यो विश्वास र निष्ठालाई वचाउन काँग्रेसको जिम्मेवारी पनि हो ।

अहिले नेपालको राजनीति संवेदनशिल मोडमा रहेको अवस्थामा नेपाली काँग्रेसको भुमिका र नेतृत्व देखिएको छैन । अझै प्रतिपक्षको भुमिका निर्वाह ठ्याम्मै देखाउन सकिरहेको छैन । काँग्रेस भित्रैबाट पनि वर्तमान काँग्रेसको नेतृत्वलाई भागवन्डा खोजेको र वर्तमान सरकारलाई सहयोगी भुमिका निर्वाह गरेको आरोप लागिरहेको अस्थामा यो आरोपबाट अव मुक्त हुन उपयुक्त समय आएको छ । त्यो समयलाई सदुपयोग गरेर साच्चै नै लोकतन्त्रको लागी काँग्रेस हदैसम्म जान्छ भन्ने कुरा देखाउन सक्नु पर्छ ।

जसरी तनहुको पुल उद्घाटनको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौंडेल माथि गरिएको दुर्व्यवहार र पक्राउको विरोधमा प्रतिरक्षामा उभिन्दै सडक आन्दोलन गर्यो अब लोकतन्त्रको रक्षाकै लागि पनि त्यसरी नै प्रस्तुत हुनु नेपाली काग्रेसको लागि अपरिहार्य देखिएको छ।