न्युरोडमा पाइन्छ शाकाहारी मासु…


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७
8.9K
SHARES

काठमाडौं – पछिल्लो समय शाकाहारी भोजन शैली अपनाउने मानिसहरुको संख्या बढ्दै गइरहेको छ । माशाहारी हुँदा कतिपयलाई स्वास्थ्यमा प्रतिकुल असर परेकाले होस् या अन्य बिबिध कारणले आजभोली धेरै मानिस शाकाहारी जीवनशैली अपनाइरहेका छन् । धर्मशास्त्रदेखि आयुर्वेदसम्मले शाकाहारी भोजनलाई उच्च प्राथमिकतामा राखेको पाइन्छ । तर शहरमा शुद्ध शाकाहारी भोजन मात्र पाइने ठाउँ बिरलै छन् । यही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंको अतब्यस्त ठाँउ न्युरोडमा ‘भेज फुड कोर्ट’ सुरु भएको छ ।

होटल व्यवसायमा नयाँ प्रयोग गरिरहेको ‘मिस्टर कर्न’ को बारेमा रिपोर्टिङ गर्न जाँदा भेटिएको यो फुडकोर्टले हामीलाई मोहित बनाएको छ । मिस्टर कर्न जस्ता अन्य नयाँ स्वाद र फरक खानाहरुको शाकाहारी स्वाद चखाइरहेका केही होटल व्यवसायका प्रचलित नामहरुलाई एकैठाउमा फुडकोर्टको रुपमा संचालन गरिएको छ।

निर्दयी रुपमा पशुपङक्षीको हत्या गरि ल्याइएका एनिमल बेस्ड फुड नपाइने भएको हुँदा यो फुडकोर्ट लाई ‘क्रुअल्टी फृ फुड जोन’ को नारा दिइएको छ । निस्चल जोशी र उनका साथी मिलेर यो टिबीसी भेज फुड कोर्ट्को सुरुवात गरेका हुन् । न्युरोड स्थित पिपुल्स प्लाजाको छैटौं तलामा रहेको यो फुड कोर्ट फागुन ७ गते औपचारिक उद्घाटनको तयारिमा रहेको छ ।

नन्भेज कस्टुमरको संख्या बढी रहेको सहरमा उनीहरुले भेज आइटमलाई प्राथमिकता दिनुका पछाडी विभिन्न कारणहरु छन् । मुख्यतया संचालकहरुमा रहेको माशुजन्य पदार्थले स्वास्थमा पार्ने प्रतिकुल प्रभावका बारे चेतना र भेजहरुलाई खाने एउटा शुद्ध अनि व्यवस्थित ठाँउ बनाउनु हो ।

निश्चल जोशी आफ्नो पुर्खौली पेशा कपडाको व्यवसाय छोडेर होटल व्यवसाय तिर लागेका व्यक्ति हुन् । उनी यसो हुनुमा आफ्नो खाना प्रतीको रुचि र यो व्यवसायमा रहेको लगावलाई मुख्य कारण ठान्छन् । होटल व्यवसायमा लागेको लामो समय नभएको भएपनि निस्चल नयाँ नयाँ परिक्षण र प्रयोग गर्न रुचाइने पात्र हुन् । जति समय उनी यो क्षेत्रमा सक्रिय बने ती सबै समय उनले शुद्ध शाकाहारी भोजनलाई नै आफ्नो व्यवसायको माध्ययम बनाएका छन् ।

एक जना व्यवसायीले सही समयमा सही निर्णय गर्नसक्नुपर्छ भनिन्छ । त्यस्तै जोखिम वहान गर्नसक्ने क्षमता पनि व्यवसायीलाई चाहिने आधारभुत गुण हो ।यो तथ्य बुझेका उनले सोहिकारण कोरोना र लकडाउनले होटल व्यवसाय सिथिल बनेकै बेला नयाँ काम सुरु गरेका छन् । करिब १२ जनलाई प्रत्यक्ष रोजगारी दिन सफल उनी होटल व्यवसायको ठूलो चुनौती नै स्टाफ व्यवस्थापन भएको बताउँछन् । कुन स्टाफले कतिबेला छोड्छ भन्ने टुङगो नहुने भएकाले उनी भ्याएसम्मका सबै काम आफूपनि गर्छन् ।

यो फुडकोर्टमा पाइने शुद्ध शाकाहारी भोजन बाहेक यसको अर्को ठूलो विशेषता हो मिस्टर कर्न । मकैको विभिन्न परिकार बनाएर सर्भ गर्ने यो ब्रान्ड नेपालमा अरु कसैले भित्राएको भएपनि बिबिध कारणले उनीहरुले त्यसलाइ टिकाउन सकेनन् । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मिस्टर कर्नलाई हराउन नदिन निस्चलले यसको ब्राण्ड लिएर काम गरिरहेका छन् ।

सफा र मनमोहक वातावरण, पर्याप्त अनि सुबिधा सम्पन्न बस्ने ठाउँ त्यसमाथि शुद्ध शाकाहारी अनि नयाँ नयाँ खानाहरुको स्वादमा रमाइरहेका त्यहाँका ग्राहकहरुले उनीहरुको प्रतिक्रिया यसरी दिए । मासु छोड्न मन भएका तर छोड्न नसकेकादेखि भेज आइटम नै ननभेज भेराइटिमा खाने मन भएका सबैका लागि विकल्प यो फुडकोर्ट सँग छ। त्यसका लागि उनीहरुसँग ‘प्लान्ट बेस्ड मिट’ देखि भेज छोइलासम्मको आइटमहरु उपलब्ध छन् ।

तपाइले भिडियोमा देखिरहनुभएको खानाका परिकारहरु सबै यहाँ पाइने बिशेष खानाहरु हुन् । त्यसबाहेक मैदाको ठाउँमा मकैको प्रयोग र प्राय सबै खानाहरु कर्न बेस्ड रहनु पनि मिस्टर कर्नको अर्को विशेषता हो । तमाम नेपाली युवाहरु माझ केही नयाँ गर्ने सोच र फरक शैलीका कारण प्रेरणाको स्रोत बनेका निस्चल युवाहरुले देशमै केही नयाँ गर्ने सोच राख्नुपर्ने धारणा राख्छन् । गर्न सके देशमै सुन फलाउन सकिने उनको भनाइ छ । भिडियोमा पनि हेर्नुहोस भेज फुड कोर्ट