मौरीपालनले सरितालाई दिलाएको सफलता (भिडियो सहित )


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, फाल्गुन १२ २०७७
6.4K
SHARES

काठमाडौं – ‘मह’ आयुर्वेदमा विशिष्ट स्थान हासिल गरेको तत्व हो । महका विभिन्न फाइदाहरु हुनुका साथै यसले धेरैलाई व्यवसायी समेत बनाएको छ । मौरीको अस्तित्व संकटमा परेमा मानव अस्तित्व पनि संकटमा पर्छ भन्ने बुझाइ धेरैको छ। यहि भनाइबाट पनि मौरी र महको महतब बुझ्न सकिन्छ। पछिल्लो समय मौरिपालनलाई आफ्नो व्यबसाय बनाएर सफल भएका धेरै नेपाली ब्यवसायीहरु मध्य एक हुन् धापाखेल ललितपुरकि सरिता श्रेष्ठ।

कृषक पृष्ठभुमि भएको परिवारमा जन्मिएकाले उनिमा सानैदेखी कृषिप्रती लगाव थियो। त्यसैमाथी कृषि तथा पशुपन्क्षी प्रती विशेष रुची र सद्भाव भएका पतिसँग वैवाहिक सम्बन्ध जोडिएपछि यसैलाई पेशा बनाउने निर्णयमा उनी पुगिन्।

कृषिभित्र पनि थुप्रै अन्य क्षेत्रमा आबद्ध हुने बिकल्प हुदाहुदै पनि उनलाई मौरिपालन विशेष लाग्यो। त्यसो त मौरिपालन उनका ससुराले समेत गरेको हुँदा उनी यसलाई आफ्नो पुर्खौली पेशा मान्छिन् । परम्परागत मौरिपालनलाई पूर्णकालिन व्यवसाय बनाउन उनका श्रीमानले थुप्रै प्रयासहरु गरेका छन् । त्यही मेहनत र प्रयासले आजको उनीहरुको सफलताको जग बसालेको हो।

हाल ललितपुर धापाखेलमा माउन्टेन बि कन्सर्न संचालन गरिरहेकी सरिताको दैनिकी मह र मौरिसँगै बित्ने गरेको छ। उनको बि फार्ममा अहिले ५०० घार भन्दा बढी मौरी छन् ।

किसान हुनु र कृषिमा लाग्नु भनेको मैलो फोहोरी भएर हिड्नु हो भन्ने नेपाली सोच परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। आफू कृषिमा सम्लग्न भएपनि अरु कुनै पेशा गर्नेभन्दा कम नभएको उनको भनाइ छ।

कुनै पनि व्यवसायलाई सफल बनाउन उसको परिवारको ठूलो भुमिका रहन्छ। सरिता भने आफू सफल हुनु आफ्नो भन्दा आफ्ना श्रीमानको लगावको कारण मात्रै भएको बताउछिन् । उनका श्रीमान अहिले पनि मौरीचरनका लागि चितवनमा छन् ।

हाल माउन्टेन बि कन्सर्नमा विभिन्न थरिका महहरु पाइन्छ । मुख्यगरी तोरी, जामुन, रुदिलो, चिउरी लगायत प्रजाती ग्राहकको रोजाइमा पर्नेगरेको छ। मौरीको चरन अनुसार मह पनि फरक फरक हुने सरिताको भनाइ छ।

आफ्नो मात्रै उत्पादनले हाल ग्राहकको माग परिपुर्ति गर्न सरितालाई मुस्किल पर्छ। त्यसैले उनी विभिन्न गाउँमा थोरै उत्पादन गरिरहेका मौरिपालक कृषकहरुसँग खरिद गरि बिक्रि गर्छिन् । तरपनी उनको प्राथमिकता सधैं अर्गानिक महमै हुने गर्छ ।

नेपालमा मह बजार पछिल्लो समय बिस्तार हुँदै गएको त्यही अनुपातमा माग बढीरहेकाले केही बिकृती देखिएको कुरा सरिता स्वीकार्छिन। शुद्ध मह भनेर विभिन्न मिसावट गर्ने लगायतका समस्याले इमानदार मौरिपालक प्रती पनि ग्राहकले सजिलै बिश्वास गर्ने वातावरण नरहेको उनको भनाइ छ। आफू यी कुराहरुमा सधै सजग रहेकाले आफ्नो ब्राण्डबाट उत्पादित महमा भने अहिलेसम्म कुनै गुनासो नआएको उनको भनाइ छ।

उनीजस्ता कृषकहरुलाई पछिल्लो समय नेपाल सरकारले पनि सहयोगका विभिन्न कार्यक्रमहरु ल्याएको छ। उनले खरिद गरेका विभिन्न मेशिनरी र गाडीमा सहुलियत पाएकी छिन् भने अन्य प्राबिधिक सहयोग पनि मिलेको छ।

मौरीपालनका अलवा उनको आफैंले घार उत्पादन गर्ने कारखाना पनि रहेको छ। देशभरबाट घारको माग रहेकाले उत्पादित घारको सहज बजारीकरण भइरहेको छ। त्यस्तै माउन्टेन बि कन्सर्नमा मौरिपालनका लागि चाहिने अन्य उपकरणहरु पनि उपलब्ध छन् ।

सरिताको फार्ममा बेच्न राखिएको बि पोलिन अर्को आकर्षक चिज हो । हेर्दा मेथिको दानाजस्तो देखिने यो बस्तु मौरिले आफ्नो खुट्टामा बोकेर ल्याउने गर्छ भने यो विभिन्न रोगको उपचारका लागि अतिउपयोगी रहेको पाइएको छ। यो सगै उनको फार्ममा महको साबुन पनि उत्पादन भइरहेको छ।

हाल माशिक करिब ४ लाखको कारोबार मह बेचेरै गरिरहेकी सरिताले २० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी पनि दिइरहेकी छिन् । आफू आफ्नो सफलतामा भन्दा बढी कसैको जिबिको पार्जनको कारण बन्न सकिएको छ भनेर बढी खुसी हुने गरेकि छिन् ।

नेपाली मौरिपालक कृषकका विभिन्न समस्याहरु पनि छन् । चरनको अभावदेखि विषाधीको अनियन्त्रित प्रयोगसम्मका समस्याहरुलाई उनी यसरी व्यक्त गर्छिन् ।

देशभर कृषकहरुलाई तालिम दिन पुग्ने सरिता उनीहरुको सहजताका लागि आफ्नै फार्ममा पनि समय समयमा तालिमको ब्यबस्था गर्छिन् । यस्ता तालिमहरुले आबश्यक सीप र प्रबिधी प्रदान गर्दै कृषकलाई आत्मनिर्भर बनाउने उनको भनाइ छ।

आफ्नो मौरी फार्मको प्रचारप्रसार र महको बजारीकरण गर्नका लागि ठूलो भुमिका खेलेकाले आफू मिडियाहरुको धेरै ऋणि रहेको उनको भनाइ छ। पहिले ५ हजार ऋण नपत्याउनेहरु मिडियाले आफूलाई दिएको अवसरका कारण अहिले घरसम्मै लोन अफर गर्न आएकाले आफुले सबैभन्दा ठूलो सम्मान तिनै अरुका दुख सुख चित्रण गरिदिने मिडियालाई दिने बताउछिन।

महको महत्व बुझेर आफ्नो फार्ममा डाक्टरदेखि पाइलटसम्म आउने गरेको र कतिपय विद्यार्थीहरुले केही घार मौरी किनेर पालन गरिरहेको उदाहरण दिदै उनी युवाहरुले देशमा आफ्ना लागि आफै अवसर सिर्जना गर्नुपर्ने धारणा राख्छिन् ।

भिडियो हेर्नुहोस…