तीन बुँदे सहमतिले जनताको जित भएको छ : प्रकाण्ड


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
11.8K
SHARES

आजको सहमतिको मूल विषय भनेको राजनीतिक विषय हो । देशमा अहिले जुन किसिमको सङ्कट पैदा भएका छ, त्यो राष्ट्रिय सङ्कट विगतको भन्दा हजारौँ गुणा खतरामा रहेको र विगतमा नेपाली जनताले गरेका विभिन्न संघर्षहरू बाट उपलब्ध राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सबै खालका अधिकारहरू खोसिँदै गएको, नेपाली समाज जर्जर हुँदै गएको एवम् यसको योगमा चरम राष्ट्रिय सङ्कट पैदा भएको छ ।

यसको कारक तत्त्व ०६२र०६३ मा क्रान्तिका विरुद्ध भएको प्रतिक्रान्ति हो । अहिले नेपालमा नेपाली जनताले यो देशको मुक्ति र स्वाधीनता चाहेका थिए । त्यसको खिलाफमा प्रतिक्रान्ति भयो । यहाँ आउने बेलामा उत्पीडित वर्ग, समुदाय, लिङ्ग, क्षेत्रलगायत समग्र नेपाली जनताले आफ्नो राज्य सत्ता चाहेका थिए । शासन व्यवस्था र पार्टी चाहेका थिए । तर जनता सडकमा र त्यसका विरुद्ध देशमा दलाल पूजीँवादी व्यवस्था आयो । जनता र श्रमजीवि वर्ग सडकमा आयो । त्यसको शासन व्यवस्था बलात् स्थापित गरियो । त्यो देशका प्रतिक्रियावादी दलालहरूलाई विदेशी शक्तिहरूको षड्यन्त्रमा थुपारियो । त्यसको परिणाम अहिलेको राष्ट्रिय सङ्कट हो । यो सङ्कट दलाल संसदीय व्यवस्थाले निम्त्यायो । यसको समाधान भनेको यो सबैको अन्त्य हो । राजनीतिक रूपमा हामी यसको लागि तयार छौँ । के सरकार तयार छ रु हामी सबै समस्याको समाधान दिन्छौँ । हामीसँग प्रतिस्पर्धा गर्न जुन राजनीतिक पार्टी आउँछ हामी त्यसमा तयार छौँ । त्यहाँ जनताले फैसला गर्ने विधि र नीति सुनिश्चित गरिनुपर्छ । यसमा सरकार सकारात्मक भयो ।

शान्तिपूर्ण ढङ्गले आफ्ना विचार, नीति, कार्यक्रमलाई अगाडि लिने सन्दर्भमा ठिक छ भन्ने ठाउँमा सरकार आएपछि अहिले समस्याको अग्रगामी निकास, क्रान्तिकारी निकास, अहिलेको व्यवस्था सत्ता र अहिलेको संविधान र अहिलेका शासन परिवर्तन गरेर जनताको वैकल्पिक र अग्रगामी निकास दिनको निम्ति तयार भएपछि समाधान निस्केको हो । त्यससँगै वैदेशिक कर्पोरेट पुँजीले राष्ट्रिय पूजीँलाई कमजोर पार्ने परिस्थितिको अन्त्य गर्नुपर्छ । राष्ट्रिय अर्थतन्त्रको जग बसाल्ने, उद्योग धन्दालाई सङ्गठित गर्ने र अगाडि बढाउने त्यो जनताको श्रम शक्तिद्वारा निर्मित हुने अर्थव्यवस्था चाहियो । यो देशमा त्यो जरुरी छ । हामीले यो कुरा भनेपछि सरकार पनि यसमा तयार भयो । मुख्य छलफल त्यहाँ भएको छ, समझदारी पनि त्यही हो । हामीले त्यसलाई शान्तिपूर्ण ढङ्गले अगाडि बढाउँछौ भनेका छौँ । बाँकी विषयमा भोलि सरकार र अन्य राजनीतिक दलहरूसँग कुरा होला ।

संसद् पुनर्स्थापना समाधान होइन भनेका छौँ । पात्र फेरेर जनतालाई ढाँटेर सरकारमा जाने कुरा मात्र हो । यसको अन्त्य हुनुपर्छ । व्यवस्थाका हिसाबले वैज्ञानिक समाजवाद चाहिन्छ । सत्ताका हिसाबले उत्पीडित जनता र वर्गको व्यवस्था चाहिन्छ । यो वातावरण बनाउने कुरा हो । राजनीतिक मुद्दामा छलफलमा शान्तिपूर्ण ढङ्गले अघि बढ्ने सहमति भएको छ ।

सरकार र हामीबिच विगत दुई वर्षदेखि टसल पर्दै आएपछि हामीले आ–आफ्ना कार्यक्रम अघि बढाइरहेका थियौँ । त्यो राजनीतिक सङ्घर्ष थियो । त्यो जनसङ्घर्ष सशस्त्र मोर्चाका रूपमा अघि बढेको थियो । तर अहिलेको परिस्थितिले राजनीतिक सङ्घर्षलाई मुख्य बनाउने ठाउँमा ल्यायो । यो सहमति र सम्झौताको कुरा मुख्य हो । यो विषय हाम्रो टसल सुरु भएदेखि नै सँगै चलिरहेको छ । त्यति बेला सङ्घर्ष मुख्य र वार्ता सहायक थियो । अहिले आएर वार्ताको विषय मुख्य बनेको हो । सचेतता र विवेकपूर्ण ढङ्गले राष्ट्र र देशको हितविपरित कसैले खेल्न नपाओस् भनेर हामीले कदम चालेर यसरी छिटो सम्भव तुल्याएका हौँ । बाहिरबाट हेर्दा यो छिटो भए जस्तो लागे पनि तर यथार्थ त्यस्तो होइन । परिणाम छिटो लागे पनि कारण विगत डेढ वर्षदेखि पहल भइरहेको थियो ।

नेपालमा संसदीय व्यवस्था र सत्तालाई जनताले पटक पटक अवसर दिए पनि समस्या समाधान हुने भन्दा झन् डर लाग्दो र सङ्कटमा पर्ने स्थिति आयो । त्यसो भएपछि जनताले हामी आउनु प¥यो भनेर सडकबाट मागग¥यो । जनताले जताबाट हेर्दा पनि सङ्कट मात्रै देखियो । जुनकिरी बलेको पनि नदेख्ने स्थिति बन्यो । यस्तो बेलामा हामीले पहल नलिने हो भने बढो दुर्दशा हुन्छ भन्ने हामीले निष्कर्ष, विश्लेषण र दायित्वबोध ग¥यौँ ।
सरकारले पनि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष छलफल गर्दै जाँदा हामी गम्भीर शक्ति हौँ भन्नेमा स्वीकार गर्‍यो । त्यसैले शान्तिपूर्ण मोर्चामा आउँछ भने यसलाई राजनीतिक वातावरण बनाइदिनु पर्छ भन्नेमा सरकार पुग्यो ।

जनता क्रान्ति चाहन्छ, आफ्नो अधिकार स्थापित गराउन चाहन्छ, आमूल परिवर्तन होस् भन्ने चाहन्छ, देशको प्रगति उन्नति सबै चाहन्छ । जनताको यो आकाङ्क्षालाई परिपूर्ति गर्ने गरी हामीले आफूलाई तयार गर्नु नै सबैभन्दा उत्तम ठान्यौँ । त्यसका लागि हामीले पहल कदम लिएका हौँ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दा सरकारलाई पनि फाइदा नै हुन्छ । तर मुख्य राष्ट्र र जनतालाई नै फाइदा हुन्छ ।

हामीले नयाँ ढङ्गले अघि बढ्दा देशका लागि फाइदा छ । नयाँ वातावरण बन्नु भनेको हाम्रो पार्टीका लागि पनि फाइदा छ । जनतामा जाने, राष्ट्र र जनताको सेवा गर्ने सुनौलो अवसर हो यो । पार्टीलाई भएको फाइदा यती मात्र हो । अरू देश र जनताका लागि भएको फाइदा हो ।

किन भने अव हामीले नयाँ ढङ्गबाट पलक कदमी गर्दा, राजनीतिक रूपमा देशको क्रान्तिकारी ढङ्गबाट अगाडी बढ्छ र क्रान्तिको नेतृत्व हामी गछौं । हामीले हाम्रा गतिविधि सञ्चालन गर्ने मुख्य हतियार भनेको शान्तिपूर्ण हो । हाम्रो मक्सद र हामीले वार्तामा सरकारसँग भनेको पनि के छ भने अहिले देशमा जो विद्यमान समस्या छ यो समस्याको सृजना भनेको ६२र६३ पछि नेपालमा भएको राजनीतिक प्रतिक्रान्ति नै हो । जो दस बर्षे जनयुद्धको भावना र १९ दिने जनआन्दोलनको खिलाफमा थियो । जनताले सङ्घर्ष गरेको जनताको आफ्नो व्यवस्थाको निम्ति, आफ्नो सत्ताको निम्ति थिए । उत्पीडित वर्ग, समुदाय, लिङ्ग, क्षेत्रलगायत समग्र नेपाली जनताले आफ्नो राज्य सत्ता चाहेका थिए । शासन व्यवस्था र पार्टी चाहेका थिए । त्यसका विरुद्ध देशमा दलाल पूजीँवादी व्यवस्था आयो । त्यो अहिले आएको होइन ।

अबको निष्कर्ष भनेको यो व्यवस्थाले समस्याको समाधान गर्दैन भन्ने हो । यसको विकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य छ । यसका लागि शान्तिपूर्ण रूपमा जनतामा जाने र त्यसबाट अनुमोदन भएर आउने नै हो । त्यो विभिन्न रूपमा हुनसक्छ । एउटा विकल्प भने जनमत सङ्ग्रह नै हो ।

हामी डेमोक्रेसीको उच्च अभ्यास गरौँ भन्ने हो । देशमा कस्तो सत्ता र व्यवस्था हुने भन्ने कुरा जनतालाई फैसला गर्न दिनुपर्छ । सत्ता र व्यवस्था दलाल संसदीय व्यवस्था हुने वा वैज्ञानिक समाजवाद हुने । अब हामी राष्ट्र र जनताको पक्षमा जो सहमत हुन्छ, ऊसँग सहकार्य गछौँ, जो सहमत हुँदैन ऊसँग स्टर्गल गछौँ ।

क्राइसिस चरम छ, यो क्राइसिसले अग्रगामी निकास खोज्दछ । जसलाई दृष्टिगत गरेर हामी यहाँसम्म आएका छौँ । समस्यालाई यथास्थितिवादी वा दलाल पुँजीवादी ढङ्गले समाधान गर्ने कुरा पनि आएको छ । त्यो सही हुन सक्दैन । हामीले अब क्रान्तिकारी ढङ्गले निकास दिनपर्छ । त्यो गर्न सकिएन भने सङ्कट अब झन् डरलाग्दो ढङ्गले आउने छ । किनकि दलाल पुँजीवादी व्यवस्था नै आजको सङ्कटको मुख्य कारण भएकाले दलाल तत्त्वको मुख हेरेर समस्याको निकास हुँदैन । त्यो जनतालाई मूर्ख बनाउने कुरा हो । क्रान्तिकारी ढङ्गले निकास दिन सक्ने सम्भावना प्रवल छ । क्रान्तिकारी शक्तिले जिम्मेवारी पूर्वक र तागत लगाएर अगाडी बढ्न पर्छ ।

नेकपा प्रवक्ता प्रकाण्डसँगको कुराकानीमा आधारित ।