३ सय युवाले विना व्याज ३ लाख रुपैयाँ प्राप्त गर्ने


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
8K
SHARES

भक्तपुर – उद्यमशिलताका लागि तीन सय युवाहरुले विना व्याज जनही तीन लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजनामा भइरहेको तालिममा सहभागी युवाहरुले जनही तीन लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

चैत्र ३ देखि सुरु भएको सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम जारी छ । तालिममा ३ सय ७० जनाको सहभागीता रहेको छ ।

तालिम पश्चात् नेपाल बैंकले ३ सय जना युवालाई व्यवसायीक प्रपोजलका आधारमा पालिकालाई जमानी राखेर ३ लाखका दरले विना व्याज ऋण दिने सहमति भएको छ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोडने काम गरेको बताए ।

नेपाल बैंकका डिपुटी सीइयो प्रकाश अधिकारीले आवश्यक डकुमेन्टसहित प्रक्रियामा आए बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताए । युवाहरुलाई उधमशिलताका लागि विना व्याज ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मेयर उधमशिलता कार्यक्रम चलाउने चागुनारायन नगरपालिका देशकै पहिलो नगरपालिका हो ।