एउटा यस्तो रेस्टुरेण्ट जहाँ पाइन्छ मिठो खाना संगै अर्कै संसारको अनुभव (भिडियो सहित)


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०७७
7.2K
SHARES

पछिल्लो समय देशमै अवसर खोजी गर्दै केही गर्न सकिन्छ भन्ने सोच राख्ने युवाहरूको संख्या बढ्दै गएको छ। साना स्टार्ट अप्स बाट सुरु भइ ठुलो सफलता हात पारेका थुप्रै ब्यवसायिका कथा हामीले यहाँहरुमाझ पस्किसकेका छौँ । यस्ता युवाहरूले नयाँ नयाँ उपाय मात्रै खोजेका छैनन् फरक तरिकाबाट आफ्नो काम गरेर सफल भएका छन् ।

भारतीय लेखक तथा मोटिभेसनल स्पिकर शिव खेराको सफलताको परिभाषा त्यस्तै फरक खालको छ। उनी भन्छन्, “जित्नेहरु फरक काम गर्दैनन् उनिहरु त्यही अरुले गरेको कामलाइ फरक तरिकाले गर्छन् “। यहि भनाइबाट प्रस्ट हुन्छ कि संसारमा फरक र नौलो काम गर्ने ब्यक्तीनै सफल हुन्छ। यहि परिभाषालाई राम्ररी बुझेका अनि फरक गर्ने सोच र आँट भएका युवाहरूको एउटा समूह अनि उनीहरुको सफलतालाई आज हामी यहाँहरुमाझ सफलताको कथाको रुपमा प्रस्तुत गर्दैछौं ।

भक्तपुरका सुन्दर बिस्ट हाल ३८ बर्षका भए। यो उमेरमै उनले लोभलाग्दो सफलता हात पारिसकेका छन् । ललितपुरको कुमारीपाटीमा वान डे थ्रीडि आर्ट एन्ड रेस्टुरेन्ट संचालन गरिरहेका उनी ग्राहकलाई खाना र चित्रकलाको स्वाद एकैचोटी चखाइरहेका छन् ।

आफ्ना केही साथीहरू संग मिलेर केही बर्षअघि थ्री डि आर्ट लाई ब्यवसायिकरण गर्ने उदेश्य सहित उनले वान डे थ्रीडि आर्ट कम्पनीको सुरुवात गरे। यसरी काम गर्दै गर्दा देश बिदेश पुग्दा आर्टको महत्व अझै धेरै बुझे उनले।

उनको समुहबिच आफ्नो आर्ट प्रदर्शन गर्नका लागि एउटा उपयुक्त प्लेटफर्म को आबस्यकता महसुस भइरहेको थियो। त्यही समयमा बढ्दो फुड कल्चर र ग्राहकले खाने समयमा खोज्ने शान्त वातावरण निर्माण गर्नका लागि आर्ट रेस्टुरेन्ट उपयुक्त हुने निस्कर्समा उनिहरु पुगे।

आज सुन्दरले यो रेस्टुरेन्टको नेतृत्व गरिरहँदा उनले कलालाइ खानासङ्ग जोड्ने अचम्मको आँट कसरी गरे भन्ने हाम्रो प्रश्नमा उनको उत्तर रोचक छ। उनले यो काम सुरु गर्नका लागि आफ्नै स्टाफसंग ब्यबसायिक ज्ञान लिने काम गरेका छन् ।

खाना खाने समयमा शान्ति खोज्ने नेपाली समाजको सोचलाइ समातेर उनले त्यसैमा ब्यवासाय गरिरहेका छ्न् । उनी रेस्टुरेन्टको आर्टमा यति हराउछ्न कि कहिलेकाही उनी आफै त्यो भित्ताको चित्रकलामा हराउँछन् ।

उनको रेस्टुरेन्ट पुग्ने ग्राहकले खानाका परिकार र चित्रमात्रै हेर्न पाउने होईन । विभिन्न थिममा बिभाजन गरिएको उनको रेस्टुरेन्ट आउने ग्राहकले अर्कै संसारको अनुभव पनि गर्न पाउछन् । यहाँ समुन्द्रदेखि अन्तरीक्ष सम्मको अनुभव रेस्टुरेन्ट भित्रै बसेर लिन सकिन्छ।

यी विभिन्न थिममा बिभाजित कोठाहरुको आफ्नै विशेषता छ भने त्यही किसिमको इफेक्ट दिनका लागि सोही किसिमको आवाज निकाल्ने स्पिकर त्यहाँ बजाइएको छ। त्यस्तै रेस्टुरेन्टको मेनु पनि कोठा अनुसारकै थिममा सर्भ गरिन्छ।

यसरी यी कोठाहरुमा बसेर तपाईं थ्री डि आर्टको माध्यमबाट अर्कै दुनियाँमा पुग्न सक्नुहुन्छ भने त्यहाँ खाना खाइरहदा तपाईं जलप्राणी देखि भुत सम्म पुग्न सक्नुहुन्छ ।

यो क्षेत्रमा लागेर उनको आम्दानी राम्रो छ। फरक हिसाबले काम गर्दा नेपालमा काम गर्न सहज वातावरण रहेको उनको भनाइ छ।

सुरुवाती दिन उनीहरुका लागि अति कठिन थियो। रेस्टुरेन्टको गतिलो अनुभव नभएको एउटा समुहले काम सुरु गर्दा कठिन भएपनी उनिहरु रेस्टुरेन्टको सेटअप देखि नै आफैं काममा लागेर त्यसलाइ मुर्त रुप दिन सफल भए। आज पनि उनीहरुको ध्यान कसरी गणस्तरिय सेवा दिन सकिन्छ भन्ने मै छ।

उनको परिवार र साथीहरू संग यो आइडियाको बारेमा कुरा गर्दा उनले काम गर्ने हौसला र प्रेरणा अनि भरपुर साथ पाए। कलालाइ अन्य कुनै क्षेत्रसङग जोड्नुपर्छ भन्ने सोच अनुसार यो काम उनले सुरु गरेका हुन् ।

थ्रीडि आर्ट रेस्टुरेन्ट भएकाले महँगो होला भन्ने धेरै ग्राहकको सोच हुन्छ। तर उनीहरुको खानाबाट फाइदा लिने सोच नभएकाले उनिहरुले औसत मुल्यमै फरक स्वाद र सन्तुष्टि सहितको खाना सर्भ गर्छन् । त्यसैले यहाँ एकपटक आउने ग्राहकहरु बारम्बार फर्किएर आउछन् ।

सुन्दर हिजोआज थ्रीडि आर्ट रेस्टुरेन्टसंग जोडिदै गएकाले धेरै ठुलो भबिस्य रहेको धारणा राख्छन् । उनका अनुसार अहिले रेस्टुरेन्टहरुमा आर्ट अनिवार्य जस्तै भइसकेको छ।

काम गर्ने शैलीमा स्थिरता नहुदा, कलाकार र चित्रकलामार्फत सास्कृतिको जगेर्ना गर्न सकिन्छ भन्न्ने नबुझिनु यो क्षेत्रको चुनौती भएको उनको भनाइ छ।

यो सिङ्गो घरलाई रेस्टुरेन्टको स्वरुपमा कलाको माध्यमबाट सिङारेको पनि उनकै कम्पनी वान डे थ्रीडि आर्ट डेकोरले हो। उनीहरु छिटैनै ललितपुरको इमाडोलमा नेपाली कलाकारकै चित्रहरु भएको वान डे थ्रीडि आर्ट म्युजियम खोल्ने तयारीमा छन् ।

हाल उनिहरु अन्य ठाउहरुमा पनि शाखा बिस्तार गर्ने योजनामा छन् भने देशभर बाट नै फ़्रेञ्चाइजको माग भैरहेको छ। यसरि लोकप्रियता बढ्नुको कारण उनीहरुले लिएको फरक सोच, फरक खालको खानाको स्वाद र यो बिसिस्ठ सेवाका लागि लिएको सुलभ शुल्क नै हो।

नेपाल सरकारले युवा ब्यवसायीहरुलाइ प्रोत्साहन गर्नका लागि पैसा नै दिनुपर्छ भन्ने नरहेको उनको भनाइ छ। नीति कार्यक्रम बनाउने सन्दर्भमा भने कुनै क्षेत्र नबुझेकोले काम गरिरहदा ग्याप बसेकाले सम्बन्धीत ब्यवसायमै काम गरिरहेको ब्यक्तिलाई लिएर आवश्यक नितिनियम बनाउनुपर्ने उनको भनाइ छ।

आम नेपाली युवाहरू धेरै कुरामा अल्झेको र काम गर्नुभन्दा बहाना बनाउने गरेकाले अवसर नपाएको उनको भनाइ। अन्त केहि अवसर नपाए बिदेशी भुमि सिंचित गर्नुभन्दा बाझो बसेको जमिनमै पनि व्यवसायिक काम गरेर सफल हुन सकिने धारणा उनको छ। पुर्ण इमानदारीता, लगनशीलता र धैर्य भए नेपालमै गर्न सकिन्छ भन्ने संदेश उनि युवाहरुलाई दिन चाहन्छन।