कोरोना संक्रमितलाई सास फेर्न गाह्रो भयो ? यसरी गर्नुहोस् घरमै उपचार


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८
16K
SHARES

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९)को दोश्रो लहरले नेपाललाई अस्तव्यस्त बनाएको छ । अस्पतालहरुमा बेड पाउन छोडेको छ भने गम्भीर प्रकृतिका बिरामीहरुलाई पनि अक्सिजन पाउन मुस्किल छ । अक्सिजन अभावमा उनीहरुले अगालमै ज्यान गुमाइरहेका छन् ।

देशभर अक्सिजनको अभावले हाँहाकर मच्चिएको छ । कोरोना भाइरस संक्रमितमा पछिल्लो समय सास फेर्न निकै गाह्रो हुँने र अगालमै ज्यान जाने गरेको छ । अक्सिजनको अभाव हुँदा वा सास फेर्न गाह्रो हुँदा अपनाउनु पर्ने केही घरेलु उपायहरुका बारेमा हामीले यहाँ चर्चा गरेका र्छौँ ।

१) मुखमा अदुवा चपाएर राख्ने । बारम्बार अदुवा हालेको चिया सेवन गर्ने । अदुवाले श्वासप्रश्वासमा आउने समस्यालाई दुर गरिदिन्छ र सास फेर्न सजिलो बनाइदिन्छ । अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणका कारण फोक्सो फुल्ने समस्यालाई कम गर्न सक्छ ।

२) कोरोना संक्रमितलाई सास फेर्न निकै गाह्रो महसुस हुने गरेको छ । यसको कारण हो नाकमा सिँगान र फोक्सोमा खकार भरिनु । खकार तथा सिँगान हटाउनका लागि वाफ लिन सकिन्छ । वाफ लिदा सास फेर्ने मार्ग खाली हुन्छ र सास फेर्न सहज हुन्छ ।

३) असहज महसुस भएमा वा सास फेर्न गाह्रो भएको बेला, चिसो हावाको लागि फ्यानको नजिकै बस्न सकिन्छ । सास फेर्दा हावाको शक्ति महसुस गर्नाले शान्त हुन मद्दत गर्छ ।

४) सीधा भइ आरामदायी पोजिसनमा भुईं वा कुर्सीमा बसी बिस्तारै नाकबाट ४ देखि ५ सेकेन्डको अन्तरमा सास तानेर मुखबाट सास फेर्दा सहज हुन्छ ।

५) मांसपेशीलाई कडा हुन नदिन कफीमा भएको क्याफिनले पनि मद्दत गर्न सक्छ । कफी दमबाट पीडित व्यक्तिको लागि एकदम प्रभावकारी साबित भएको छ । कालो कफीले फोक्सोको कार्य सुधार गरी सास फेर्दा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

६) छाती च्यापिने गरी विस्तरामा पल्टिएर खुट्टामा अग्लो सिरानी राख्ने । टाउकोमा पनि ठिक्कको सिरानी राखेर लामो लामो सास फेर्ने । यसो गर्नाका सास फेर्न भएको अवरोध हटेर बिरामीलाई केही सहज हुन्छ ।