कविता : दूधको साक्षी बिरालो

बिरालोलाई
घर मन पर्छ
घरमा भएको दूध मन पर्छ
मक्खन अनि दही पनि मन पर्छ
दूध दही मक्खन चाट्दै खाएको
जुँगा र ओठमा दलेर
हाका हाकी देखाउँछ
बिरालोलाई
घर मन पर्छ
घर भित्रको मान्छे मन पराउँदैन
उ घर भित्रको मान्छे घटुन् भन्छ
उ घर भित्रको मान्छे मासिउन भन्छ
घर भित्रको मान्छे मन नपराउने
घर मन पराउने
सरकार
अहिले त्यही बिरालो जस्तै भएको छ
बिरालो शैली
म्याउँ म्याउँ गर्दै
अगाडी बढ्दै छ
घर मन पराउने
घर भित्रको मान्छे मन नपराउने
यो सरकार
कस्तो घरको परिकल्पना गर्दै छ
जुन घरमा जीवन हुँदैन
जुन घरमा मान्छे हुँदैन
त्यस्तो घर सरकार किन मन पराउँछ रु
घर भनेकै देश हो
र देश भनेकै हामी हौँ
अहिले
सरकार तिम्रो हातमा
देश भित्रको
दूध दही मक्खनको
भण्डारको साँचो
तिमीलाई जिम्मा लगायौँ
दूधको साक्षी बिरालो भयो ।
