भाग्य होस त रेणुकाको जस्तो, ‘बाबुरामलाई लात हान्दा सांसद, उपेन्द्रलाई लात हान्दा मन्त्री’


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
11.7K
SHARES

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक शुक्रवार मन्त्रीमण्डल विस्तार गरे । पुराना र राम्रै काम गरेका धेरै मन्त्रीलाई हटाएर गरेको मन्त्रीमण्डल विस्तारमा अनौठा चरित्र भएका व्यक्तिहरूको प्रवेश भएको छ ।

ती मध्यकी एक हुन जनता समाजवादी पार्टी नेतृ रेणुका गुरुङ । डा। बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी गुरुङले छोटा समयमा नै मन्त्री बन्ने शैभाग्य पाएकी छन् ।

२०७४ सालमा भएको निर्वाचनमा टोखा नगरपालिकाको उपमेयरमा ९९ मत मात्र ल्याएर पराजित भएकी गुरुङ अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राज्यमन्त्री बन्न सफल भएकी छन् ।

उपमेयरमा चुनाव हारेपछि उनले बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी परित्याग गरेर सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरिन् । उपेन्द्र यादवको उक्त पार्टीले उनलाई समानुपातिक सांसद बनाइदियो । सो पार्टी र जसपाबीच एकीकरण भएपछि उनी उपेन्द्र यादव समूह छोडेर महन्त ठाकुर पक्षमा लागिन् ।

आफ्नो समूहमा लागेपछि ठाकुर र महतोले उनलाई राज्यमन्त्री उपहार दिएका हुन् । अहिलेसम्म कुनै पनि निर्वाचन नजितेकी र राजनीतिमा लागेको छोटो समयमै उनले मन्त्रालयमा पाइला टेकेकी हुन् । सङ्घीय समाजवादी फोरमको टोखा नगर कमिटी अध्यक्ष रहेकी छन् ।