देशको मूल नेतृत्वमा युवा आवश्यक अपरिहार्य !


काशिराम घिमिरे
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
12.5K
SHARES

काठमाडौँ – विश्वमा आज जे जति परिवर्तन भएका छन् ती परिवर्तनहरू युवा शक्तिबाट मात्र भएका छन् । हरेक युवाहरूमा नयाँ जोस जाँगर हुने र क्षमता हुने गर्छ । देशमा हरेक वर्ष नयाँ, उदयमान युवा शक्ति, क्षमता वान युवा शक्तिको जन्म भई राखेको हुन्छ । युवाबिना कुनै पनि परिवर्तनको सम्भावना छैन ।

देशमा आमुल परिवर्तनका लागि हरेक ठाउँमा युवाको योगदान रहेको हुन्छ । व्यावसायिक, आर्थिक, सामाजिक, वैज्ञानिक, वैचारिक हरेक ठाउँमा युवाको योगदान हुनुपर्छ । देशमा परिवर्तनको संवाहक भनेरै  युवालाई  हेर्नुपर्छ । उनीहरूमा वैज्ञानिक उच्च सोचाइ अभिभारा हुने गर्छ । नयाँ बिहानीको लागि समृद्ध पार्न नयाँ सोचाइ हुने गर्छ । राम्रो गतिशील निर्णय गर्ने क्षमता हुने गर्छ ।

देशका हरेक राजनीतिक परिवर्तनको लागि भएका आन्दोलनमा युवाहरू अग्र पङ्क्तिमा लडेका हुन्छन् । आफ्ना खबरदारीका नाराहरू घन्काइ रहेकै हुन्छन् । बेलाबेलामा आउने राजनीतिक उतारचढावमा उनीहरूकै खबरदारीले  आन्दोलनलाई सही दिसा दिएको हुन्छ ।

देशका हरेक पार्टीमा नयाँ युवाहरू उत्तिकै पाउन सकिन्छ तर उनीहरूको क्षमताअनुसार किन पार्टीको मुख्य नेतृत्वमा उनीहरूलाई देख्न सकिन्न रु आन्दोलनको बेलामा लाठी खाने, गोली खाने, जेलनेलको प्रवाह नगरी लड्ने युवा शक्ति किन पछाडि छन् रु २००७ साल, २०४७, साल र २०६२र६३को आन्दोलनको मूल पङ्क्ति समाल्ने युवापिँडी किन पछाडि छन् रु के परिवर्तनका संवाहक युवा शक्तिलाई नेतृत्वबाट वञ्चित गरेर देशमा परिवर्तन आउँछ रु यी र यस्ता प्रश्नहरूले उत्तर खोजिरहेका छन् ।

हरेक पार्टीमा युवा शक्तिको कमी छैन । प्रचलित पार्टीहरुमा नेताहरूले आफ्नो अस्तित्व खोजेको देखिन्छ तर त्यसले पर्याप्त भएको छैन । एमालेमा योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, राजेन्द्र राई, माधव ढुङ्गेल, विशाल भट्टराई, ठाकुर गैरे, खिमलाल भट्टराई, रामकुमारी झाँक्रीले हस्तक्षेप गर्न सकेका छैनन् भने काँग्रेसमा चन्द भण्डारी, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, बालकृष्ण साँड, मिनेन्द्र रिजाल लगायतले आँट गर्न सकेका छैनन् ।

माओवादीमा जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, हिमाल शर्मा, देवेन्द्र पौडेल, चन्द्रप्रकाश खनाल, लेखनाथ न्यौपाने लगायत नेतृत्वकै छाया बन्दा आफ्नो धरातलबाट माथि उठ्न सकेका छैनन् । यति धेरै युवा शक्ति हुँदा हुँदै पनि उनीहरू पार्टीको मूल नेतृत्वमा पुग्न सकेनन् । देशलाई नेतृत्व दिन सकेनन् ।

अब छिट्टै यी युवाहरूले मूल नेतृत्व समाल्नु पर्छ । सबै पार्टीका युवा शक्तिले एउटै आवाजमा एकमत भई मूल नेतृत्वसँग सङ्घर्ष गर्नुपर्छ । हरेक पार्टीका मूल नेतृत्वले पनि बुझ्नुपर्छ कि हामीहरू पद लामो समय ओगट्नु हुँदैन । नेतृत्व जतिसक्दो छिटो नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।

हरेक पार्टीको नेतृत्व हामीले जान्ने सुन्ने हुँदादेखि अहिलेसम्म उही छ । ती नेताहरू नै देशको बनिरहेका छन् । त्यसैले यो अवस्थामा सबै पार्टीको मूल नेतृत्वले आफ्नो पद तत्काल छोडी युवा शक्तिलाई दिनुपर्छ । उनीहरू सल्लाहकारमा बस्नु जरुरी छ ।

वर्तमान एमाले विवाद पनि युवा शक्ति नेतृत्व हस्तान्तरण गरेमा मिल्न सक्छ । वर्तमान नेतृत्व सम्मानित भई सल्लाहकारमा बस्न सक्नु पर्छ । अब पुरानो पुस्ताको परीक्षण भइसक्यो यो समयको माग वर्तमान अवस्थामा नयाँ जोस जाँगर भएको कुशल नेतृत्व देशले खोजिरहेको छ । जुन नेतृत्व शैलीले देशमा आमूल परिवर्तन ल्याउन सक्छ । विकास निर्माण, रोजगारीको वातावरण, शान्ति, सुरक्षा, उद्योग धन्दाको विकास देशमै भयो भने बेरोजगारीको अन्त्य हुन्छ ।

त्यसैले यो अवस्थामा यो युवा पिँडीबाट मात्र सम्भव छ । आम नेपाली जनताको चाहना पनि युवाले  सत्ता चलाएको हेर्ने नै देखिन्छ । त्यसैले हामी युवाको नेतृत्व हेर्न चाहन्छौ युवा पनि आतुर छन् नेतृत्व लिनका लागि । सक्षम छन् देश चलाउन ।