कविता : सरकार कुकुर जस्तै हुनु पर्ने


ओम आचार्य
प्रकाशित मिति : आइतबार, जेष्ठ ३० २०७८
9.2K
SHARES

लखेक विश्लेषण ओम आचार्य

सरकार कुकुर हुनु पर्ने
कुकुर जस्तै
सधै
हाम्रो रक्षामा
हाम्रो सुरक्षामा रहोस्

सरकार
सधै हाम्रो
द्वारपाल भएर
घरको सुरक्षा गरोस्

सधै हाम्रो आदेशको
सधै हाम्रो खटनको
पालनामा तल्लिन रहोस्
सरकार कुकुर जस्तै
अर्थात भैरव जस्तै

हाम्रो सहयोगी होस्
मित्र होस हाम्रो र
हाम्रो नोकर होस्

कुरा सुनोस हाम्रो मात्रै र
हामीले दिएको मात्रै खाओस्
छिमेकीले दिएको नखाओस
छिमेकीले दिएको खायौ भने
अन्नको दोष लाग्छ

त्यसैको स्वामी भक्त हुन सक्छौ
छिमेकीको गोडामा
आफ्नो शिर गुटमुटाउँछौ

त्यसैको पछि पछि लाग्न सक्छौं
त्यसैले हामीले दिएको मात्रै खाउ

तिम्रो स्वामी हामी हौँ
स्वामी भक्त हुनु
हाम्रो शुभचिन्तक हुनु
हाम्रो ज्यान लिने हैन
हाम्रो लागि ज्यान दिन तयार रहनु

हामी मालिक हौं
सरकार सेवक
तै भएर
सरकार कुकुर जस्तै हुन पर्ने

देशको
चार किल्लामा
भैरव भएर
किल्लाको सुरक्षा गरोस्

सरकार
तिमी हाम्रो भैरव हौं
देशको भैरव हौं
भैरव भएर रहनु।
मालिक हुन नखोज्नु।