१ करोड १८ लाख विदेशीले झुटो विवरण पेश गरी नागरिकता लिएको ठहर
काठमाडौँ – झुटो विवरण पेस गरी आजसम्म १ करोड १८ लाख भन्दा धेरै विदेशीले नेपाली नागरिकता लिएको पाइएको छ । छिमेकी देश भारत लगायत विश्वका विभिन्न देशका नागरिकहरुले नेपाल प्रवेश गरी अबैध रुपमा नेपाली नागरिकता दिएको पाइएको हो ।
मंगलबार गृह मन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै नयाँ पार्टी, नेपालले अबैध रुपमा लिइएका नागरिकता छानविन गरी रद्द गर्न माग गरेको छ । नयाँ पार्टीले तत्काल उच्चस्तरीय शक्तिशाली न्यायिक नागरिकता छानविन आयोग गठन गरी उपरोक्त नागरिकताहरु खारेज गर्न गृह मन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।
मिति २०७० सालसम्म १ करोड १७ लाख २६ हजार भारतीयले, ५६ हजार तिब्बतीयनले, २३ हजार बर्मेलीले, ७३४ अमेरिकनले, ९०० युरोपियनले र ४१ जनाभन्दा बढी अफ्रिकनहरुले नेपालबाट झुठो विवरण दिएर तथा गैरकानुनी रुपमा अंगिकृत नागरिकता प्राप्त गरेको नयाँ पार्टी नेपालले ठहर गरेको छ ।
नयाँ पाटी नेपालले ‘२०७६ साल साउन १६ गतेका दिन तत्कालीन मन्त्रीपरिषद्ले झुठो विवरण दिएर नागरिकता लिएको ठहर गरी राजेन्द्र महतो, अशोक साह, विन्दे महतो, दानादेवी महतो, सोसिल महतो, राजेश्वर महतो, रामकिशोर महतो र राज कुमार महतोको नागरिकता खारेज गर्ने निर्णय गरेपनि हालसम्म नेपाली नागरिकलाई ती व्यक्ति को को हुन् भनी तिनको विस्तृत विवरण सार्वजनिक नगरेकोले तत्काल सो व्यक्तिहरुको विस्तृत विवरण खुलाउनसमेत माग गरेको छ ।

