मोटिभेट समाचार प्रभाव : घुस लिएर टेलिकमको सेवा अवरुद्ध गरेको विषयमा छानविन सुरु

काठमाडौँ – मोटिभेट न्यूज डटकमले दुरसंचार प्रदायक कम्पनी एनसेलबाट ठूलो रकम घुस लिएर नेपाल टेलिकमको सेवा अवरुद्ध गरेको समाचार संप्रेशण गरेपछि हङ्गामा भएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रधानमन्त्रीकै निर्देशनमा घुस लिएर सेवा अवरुद्ध गरेको समाचार सर्वाजनिक भएपछि सरकारले उच्चस्तरिय छानविन समित गठन गरेको छ । मोटिभेटले ‘एनसेलबाट एक अर्बको सुपारी लिएर टेलिकमको सेवा अवरुद्ध’ शिर्षकमा समाचार लेखेको थियो ।
मोटिभेटले समाचार लेखेपनि समाजिक सञ्जाल तथा टेलिकम भित्रैपनि पटक पटक सेवा अवरुद्धको बिषयमा चर्को विरोध भएको थियो । यसरी चौतफी विरोध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालले छानविन समिति …