सिद्धार्थ बैंकमा तपाईँको खाता छ ? बैँकमा सम्पर्क गर्नुहोस्, पैसा हराएको हुनसक्छ


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
8.5K
SHARES

काठमाडौँ – सिद्धार्थ बैंकका एटीएमहरु असुरक्षित हुँदै गएका छन् । पाँच दिनमा एटीएमबाट साढे ३४ लाख रुपैयाँ हराएपछि यो बैंकका एटीएमहरु असुरक्षित भएको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले एटीएमबाट पैसा निकाल्न दैनिक १ लाख रुपैयाँसम्मको सीमा तोकिदिएको छ । तर सोलुखुम्बुका जगतबहादुर गुरुङले एकै दिनमा ७ लाखसम्म निकालेर नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैँकलाई चुनौति दिएका छन् ।

राष्ट्र बैंकको सीमाअनुसार कुनै पनि व्यक्तिले एटीएममार्फत दैनिक बढीमा एक लाख रुपैयाँसम्म निकाल्न सकिदैन् तर गुरुङले पाँच दिनको अवधिमा करिब साढे ३४ लाख रुपैयाँ निकाले, त्यो पनि खातै नभएको बैंकबाट ।

यो कुराले पनि सिद्धार्थ बैक कति असुरक्षित भएको रहेछ भनेर प्रमाणित भएको छ । एटीएमबाट साढे ३४ लाख रुपैयाँ गायव भएपछि कतै तपाईँको पैसा पनि हराएको छ की ? समयमै बैँकमा सम्पर्क गर्दा राम्रो हुन्छ ।

एटीएमबाट एक पटकमा जम्मा २५ हजार रुपैयाँ निकाल्न पाइन्छ । तर, उनले ३० हजार रुपैयाँका दरले पैसा निकालेका छन् । जुन ३० तारिखदेखि जुलाई ४ तारिखको अवधिमा उनले कालो पुल, चाबहिलमा र नक्सालको भाटभटेनी क्षेत्रमा रहेका सिद्धार्थ बैंकका एटीएमबाट १ सय पटकभन्दा बढी रकम निकालेका छन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरूले एक दिनमा एटीएमबाट १ लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँको सीमाभित्र रहेर पैसा निकाल्नुपर्ने हुन्छ । तर, गुरुङका हकमा यी कुनै नियम लागू भएनन् । उनले सिद्धार्थ बैँकको सिस्टमलाई नै माथ खुवाइदिए ।

त्यति मात्रै होइन, उनले सिद्धार्थ बैंकबाट विदेशी बैंकको म्याद गुज्रिएको एटीएम कार्ड प्रयोग गरी पैसा निकालेका छन् । उनले विदेशी बैंकको कार्ड प्रयोग गरे सिद्धार्थ बैंकलाई मात खुवाएका हुन् ।

उनले पैसा निकाल्न अतिरिक्त मिहिनेत नगरेर बैँकबाट बैसा निकालेको प्रहरीको प्रारम्भीक अनुमान छ । ‘लगातार कार्ड प्रयोग गरेको देखिन्छ । यो विगतका घटनाजस्तो ह्याकिङ गरिएको, पूर्वतयारी गरेको केही देखिँदैन ।’ काठमाडौं प्रहले भने, ‘लगातार जति पैसा पनि आएपछि निरन्तर निकालिएको देखिएको छ ।’

सिद्धार्थ बैँककै कमजोरीका कारण पटक पटक पैसा निकान्ल सफल भएको प्रहरीको भनाई छ । बैँकले पनि घटनाका विषयमा अन्योलमा देखिएको छ, बैँकले यो घटना अस्वाभाविक भन्दै प्रारम्भीर प्रतिक्रिया दिएको छ ।