मानसिक तनावमा प्रचण्ड : देउवालाई घाटा, ओलीलाई मालामाल


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, साउन ९ २०७८
6.2K
SHARES

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही दिनदेखि मानसिक तनावमा रहेको बताएका छन् । नेपाली कांग्रेसका अभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेदेखि आफू मानसिक तनावमा रहेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्याको ८ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो दिमाग मानसिक तनावले भरिएको बताएका हुन् । पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले मन्त्री बनाउने विषयमा नेताहरु तनाव दिइरहेको बताए ।

‘मन्त्री बन्न मकहाँ दबाब दिने मान्छेहरुको हुल भित्रबाट आएको छ । आतंक छ मेरो दिमागमा ।’ उनले भने, ‘कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भनेर तनाव छ । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो ।’

उनले मन्त्री नबनाएको खण्डमा नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति भएको भन्दै उनले भने, ‘यहाँ सबैलाई मन्त्री चाहिएको छ । मन्त्री पायो भनेमात्रै राम्रो भन्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ ।’

चार पाँच दिनदेखि यही विषयलाई लिएर आफू एक खालको मानसिक तनावभित्र रहेको बताउँदै उनले भने, ‘सबैलाई बनाउन त मन लागेको थियो नि । सबै ४९ जनालाई मन्त्री बनाईदिन पाए हुन्थ्यो नि । त्यो त हुँदैन फेरि । यसबाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने, हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् ?’

प्रचण्ड मानसिक तनावमा हुँदा प्रधानमन्त्री देउवालाई सत्ता संचालनमा अप्ठ्यारो परेको छ । कतै माओवादीले धेरै मन्त्री मागिहाल्छकी भनेर उनलाई अप्ठ्यारो परेको हो । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली प्रचण्डको यो भनाई खुशी भएका छन् । मन्त्रीका विषयमा लफडा हुँदा माओवादी नेताहरु बादलको पक्षी लाग्दै एमालेमा प्रबेश गर्ने सम्भावना रहेको भन्दै उनी मख्ख भएका हुन् ।