के पढाउँछ स्वास्थ्य राज्यमन्त्रीको नर्सिङ् कलेजले ? पैँसामै ध्यान जाँदा धेरै विद्यार्थी फेल


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, साउन १६ २०७८
5.9K
SHARES

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई ठूलो रकम बुझाएर झण्डा हल्लाएको आरोप लागेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको कलेजका अधिकाँश विद्यार्थी फेल भएका छन् । व्याचलर अफ नर्सिङ साइन्समा अध्ययनर अधिकाँश विद्यार्थी फेल भएका हुन् ।

राज्यमन्त्री श्रेष्ठको जनमैत्री फाउण्डेशन इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययन गरेका आधा भन्दा बढी विद्यार्थीहरु फेल भएका हुन् । शुक्रबार बेलुका त्रिभुवन विश्वविद्यालय, इन्स्टिच्यूट अफ मेडिसिन, अफिस अफ दि डिन अन्तरगतको परिक्षा नियन्त्रण कार्यालयले निकालेको बीएनएस तेश्रो बर्षको रिजल्टमा अधिकाँश विद्यार्थीहरु फेल भएका छन् ।

सतप्रसितशत विद्यार्थी पास गराउने हल्ला फैदाउँदै आएको लिटिल एन्जल्स् अन्तरगतकै जनमैत्री फाउण्डेशनले विद्यार्थी पास गराउन नसक्दा चौतर्फी आलोचना भएको छ । बीएनएस् तेश्रो बर्षमा १६ जना विद्यार्थीले परिक्षा दिएका थिए । ती मध्ये जम्मा ७ जनामात्र पास भएपछि जनमैत्री फाउण्डेशनको अन्तराष्ट्रिय वेइजत भएको छ ।

३० कोटा रहेको उक्त कलेजमा जम्मा १६ जना विद्यार्थीले परिक्षा दिएका थिए । ‘हाम्रो कलेजमा जम्मा ३० जनाको कोटा हो । इन्ट्रान्समा पास भएका विद्यार्थीहरुलाई भर्ना गरिएको हो ।’ कलेजका एक व्यवस्थापले भने, ‘कोभिड तथा विविध कारणले रिजल्ट विग्रीयो ।’

बीएनएस अध्ययन गर्नका लागि सरकारले ५ लाख रुपैयाँ फी तोकेको छ । पुरै अध्ययन सकिँदासम्म निजी कलेजमा अध्ययन गर्ने एक जना विद्यार्थीको करिव १० लाख खर्च भइसक्छ । सरकारले तोकेको भन्दा धेरै शूल्क लिने यो कलेज पहिलानै बदनाम भइसकेको छ ।

सरकारी क्षेत्रको महाराजगंग नर्सिङ क्याम्पसले सत प्रतिशत रिजल्ट ल्याउँदा निजी क्षेत्रको जेएफ इन्स्टिच्युट अफ हेल्थ साइन्सले आधा विद्यार्थी पनि पास गर्न नसक्नु कलेजको लाप्रवाही हो । महङ्गो शूल्कमात्र असुल्ने, पढाइमा ध्यान नदिदा रिजल्ट विग्रएको एक विद्यार्थीको भनाई छ ।

उता चितवन मेडिकल कलेजका विद्यार्थीहरुको रिजल्ट पनि विग्रीएको छ । त्यहाँ पनि जम्मा ९ जना विद्यार्थी मात्र पास भएका छन् ।

५ वटा हस्पिटलका मालिकलाई स्वास्थ्य मन्त्रालयको जिम्मा, कतिमा विक्यो मन्त्री पद ?