लघुकथा : अंग्रजी नजान्दा मन्त्रीलाई आपत


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, साउन २३ २०७८
7.8K
SHARES

लखेक विश्लेषण ओम आचार्य

ओम आचार्य
काठमाडौँ – एक जना मन्त्री विदेशी पाउनाहरुको वैठकमा उपस्थित भए । यहाँ सबैले आफ्नो राष्ट्रिय भाषा प्रयोग नगरी अंग्रेज़ी भाषामा आफ्नो भाषण दिए ।

सवैले मन्तव्य र विचार व्यक्त गर्दा अंग्रेज़ी मै गरे । अब बोल्ने पालो आयो अंग्रजी नजान्ने मन्त्रीको । उनलाई अंग्रेज़ी आउँदैनथ्यो, पढाइ कम थियो । उनी धर्मसंकटमा परे । अव के गर्ने आपत आइलाग्यो ।

आफ्नो भाषामा विचार व्यक्त गरुम कसैले वुज्दैन अंग्रेजीमा वोलुम ज्ञान छैन । संयोग उनको मन्त्रालयको चतुर कर्मचारी पनि साथमै गएको थियो । उसले दोभाषे प्रयोग गरेर मन्त्रीको लाज बचायो ।

त्यो भन्दा बढ्ता उनको नजिकका शुभ चिन्तक र मिडियाले वचाए । सुरुमा पदभार ग्रहण गर्दा उनको शैक्षिक योग्यताको व्याङ्ग्य भएको थियो । योग्यतामाथि प्रस्न चिन्ह खडा भएको थियो ।

अहिले ‘हाम्रा मन्त्रीज्यु ले राष्ट्रको इज़्ज़त राख्नु भयो। विदेशीको अगाडि आफ्नो भाषामा विचार व्यक्त गर्नु भयो राष्ट्रीय भाषाको उचाइ वढाउनु भयो, रासष्ट्रयता देखाउनु भयो धन्य मन्त्री ज्यु’ भनेर टिप्पणी हुन थाल्यो ।

मन्त्री मुसुक्क हासे । र भने, ‘राजनिती हो कहिले कहीँ आफ्नो कमी र अक्षमता पनि राजनीतिमा यही गुण भएर आउँछ, आखिर कुर्सी र शक्ती हो । त्यसले आफ्नो कमी र असक्षमता छोप्छ । वुज्नु भयो ।’ सवैले ताली पिटे।