एमाले फुटाउन चन्द्र ढकालको ठूलो हात, यसरी खुल्यो रहस्य


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
24.2K
SHARES

काठमाडौँ – नेकपा एमाले फुटाउन चर्चित उद्योगी÷व्यापारी चन्द्र ढकालको ठूलो हात रहेको खुलासा भएको छ । जनतामा लोकप्रिय रहेको पार्टी फुटाउन उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालको ठूलो हात रहेको खुलासा भएको हो ।

कोही पनि व्यापारी कम्युनिस्ट पार्टीहरु सत्तामा आएको हेर्न चाहाँदैनन् । मेरो मात्रै भन्ने प्रबृति रहेका व्यापारीमा सबैभन्दा ठूला सत्रु भनेकै कम्युनिस्ट हुन् । उनीहरु निजी सम्पतिका विरोधी हुन् ।

कम्युनिस्टहरु शक्तिशाली भएको खण्डमा देश साम्यवादमा जाने र अहिले गरिरहेको मोजमस्ती गर्न नपाइने भन्दै उनीहरु कम्युनिस्टका सदाबहार विरोधी हुन्छन् । त्यही कारण ढकालले नेकपा हुँदा देखिनै पार्टी फुटाउन लभिङ गरिरहेका थिए ।

दर्ताका प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेपछि यसको पुष्टि भएको हो । यो रिसोर्ट उनै ढकालको हो ।

त्यहाँ १ सय जनाका लागि खान र बस्नको व्यवस्था ढकालले गरेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन्।

नेता नेपाल आज रिसोर्टमै बस्नेछन्। रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको स्रोतले जानकारी दिएको छ। नेता नेपालनिकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन्।

उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतले जानकारी दिएको छ। यसअघि माधव नेपालसँग नगएका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गरेका थिए।

छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताएका थिए। भट्टराईले अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया फिर्ता गर्न भन्ने बताएका थिए।

नेपालसहितका नेताहरू चन्द्रागिरि गएपछि अब उनलाई भेट्न चन्द्रागिरि नै पुग्नु पर्ने भएको छ। यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम आचार्य, रघुजी पन्तहरू अहिले पार्टी एकताका पक्षमा छन्।

मध्यमार्गी नेताहरुले सहमती गरेपछि माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । त्यहाँ उनले राष्ट्रपतिसँग करि २ घण्टा बार्त गरेका थिए ।

त्यहाँबाट सिधै उनी चन्दागीरी हानीएका छन् । आज राती, भोली दिनभर र भोली राती उनी त्यही बस्नेछन् । त्यहाँको बस्दा, खाँदाको सम्पूर्ण खर्च ढकालले नै ब्यहोर्ने नेता नेपाल निकट श्रोतको भनाई छ ।