लेखराज भट्ट : ‘दुई स्वास्नीको पोई, कुनापसी रोइ’


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
4.5K
SHARES

काठमाडौँ – नेकपा माओवादी परित्याग गरी एमाले प्रबेश गरेका सुदुरपश्चिमका नेता लेखराज भट्टले दुई जना श्रीमती राखेको पाइएको छ । पहिलो श्रीमतीमा थाइराइडको समस्या देखिएपछि सन्तान जन्माउनकै लागि दोश्रो विहे गरेको श्रोतको भनाई छ ।

पहिलो श्रीमतीबाट जनयुद्धको समयमा नै एउटा छोरा जन्मिएको थियो । उनको पहिलो सन्तान खेर गएपछि पहिलो श्रीमतीबाट कुनैपनि सन्तान जन्मिएन । त्यपछि उनले दोश्रो विवाह गरे ।

भट्टले २०७२ सालमा ५७ वर्षको उमेरमा ताप्लेजुङकी ३० वर्षीय युवती विष्णु आचार्यसँग गोप्य रुपमा दोस्रो विवाह गरेका थिए । उक्त विवाहपछि माओवादीमा भट्टको चर्को आलोचना भएको थियो ।

उनी उद्योग मन्त्री भएका बेलामा कान्छि श्रीमतीलाई मन्त्री क्वाटरमा राखेका थिए भने जेठी श्रीमती ललितपुरको आफ्नै घरमा बसेकी थिइन् । मन्त्री भएका बेलामा हरेक शुक्रबार जेठी श्रीमती भेट्न जाने गरेका थिए ।

माओवादीबाट पटक–पटक मन्त्री भएका भट्टमाथि राज्य शक्तिको दुरुपयोग गरेर अकूत सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ । पछिल्लोपटक उद्योगमन्त्री हुँदा पनि मदिरा व्यवसायी, एनसेल, सुपारी तस्करहरुबाट करोडौं रकम उठाएको आरोप छ ।

नेकपा एमालेका प्रदेश इन्चार्ज रहेका भट्टमात्र होइन, सहइन्चार्ज नारदमुनि राना, अध्यक्ष कर्ण थापादेखि जिल्ला अध्यक्ष रतन थापासम्मलाई बहुपत्नीको प्रश्नको सामना गर्नु परिरहेको छ । उनीहरु भन्दा तलका नेता–कार्यकर्ता पनि बदनाम हुँदै आएको छ ।

त्यसैगरी प्रदेश सहइन्चार्ज नारदमुनी राना पनि बहुविवाहमा मुछिएका नेता हुन् । कान्छिलाई आफूसँगै डुलाउने र जेठीलाई चुलाचौकामा थन्काएको भन्दै रानाको आलोचना हुने गरेको छ । २० लाख रुपैयाँमा रातो पासपोर्ट बेचेको विषयमा रानामाथि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा छ ।

कर्ण थापाकी जेठी श्रीमती बाजुरामा घाँस दाउरा गरेर दिन बिताइरहेकी छन् भने, यता कमला ओली काका केपीको कृपाले आधा करोडको गाडी र लाख बढी तलब सुविधासहित सूचना आयोगमा माननीय सदस्यको रुपमा नियुक्ति खाइरहेकी छन् ।

यस्तै जिल्ला अध्यक्ष रतन थापा पनि दुई स्वास्नी स्याहार्ने नेता तथा प्रदेश सांसद हुन् । कान्छी स्वास्नी टीका लम्कि चुहा नगरपालीकाको उप मेयर छन् ।

मदिराको तालमा रहेको अवस्थामा गत वर्ष एक महिलासँगको कैलालीका अध्यक्ष दिर्घ सोडारीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त प्रकरणमा ओलीले उनलाई निलम्बन गरेका थिए । सोडारीको निलम्बनपछि रतन थापा अध्यक्ष भए ।

केही समयपछि थापाको पनि महिलासंगको आपत्तिजनक संवाद अडियोका रुपमा भाइरल भयो । तर, थापालाई कुनै कार्वाही भएन । एउटै प्रकृतिका मुद्दामा सोडारीलाई पेलेको र थापालाई जोगाएको भन्दै रावल पक्षले तीव्र आलोचना गरेको थियो । सोडारी रावल पक्षधर हुन् ।

यसरी पार्टी टुक्राटुक्रा भएका बेला सुदूरपश्चिममा हतारले बदनाम भएका नेताहरुबाट ओली नेतृत्वको एमालेको संगठन निर्माण कतिको प्रभावकारी होला ? र, आगामी निर्वाचनमा जनताले कसरी पत्याउलान भनेर सुदूरपश्चिमका इमान्दार र स्वच्छ छवि भएका कार्यकर्ताहरु चिन्तित देखिएका छ्न् ।

गत आम निर्वाचनमा माओवादीसँग चुनावी एकता गरेपछि संघ, प्रदेश र स्थानीय निकायमा भोटको भेल बगेको थियो । अब नेकपा तीन टुक्रामा विभाजित भएपछि आगामी निर्वाचनमा ओली गुटले सुदूरपश्चिममा धुलो चाट्नुपर्ने देखिन्छ । सुदूरपश्चिमका जनताले यो सबैको दोष ओलीमाथि थोपरेका छन् ।