सन्दीप लामिछानेले पाए अर्को सफलता, नेपालीको शान बढ्यो


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
13.4K
SHARES

काठमाडौं – नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अर्को सफलता हात पारेका छन् । अब लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्न पाउने भएका छन् ।

होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले अष्ट्रेलिया गएर हुरिकेन्सबाट खेल्न आफू तयार रहेको बताएका छन् । क्रिक इन्फोसाग कुरा गर्दै उनले गत सिजन होबार्टबाट खेल्दा आफूले निकै मज्जा लिएको र यस सिजन पूरै प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन् ।

बिग बासको नयाा सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ । सन्दीपले गत सिजनको बिग बास लिग खेलेपछि कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् ।

उनले भिसा समस्याका कारण टी–२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड लिग गुमाएका थिए । विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न हाल नेपाली राष्ट्रिय टिमसाग ओमानमा रहेका सन्दीपले (क्यारेबियन प्रिमियर लिग सीपीएल) पनि गुमाएका छन् ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम हाल ओमानमा छ ।