५ महिनामै बदनाम बने महालक्ष्मीका सीईओ देवकोटा, छिटो कमाउन खोज्दा चुर्लुम्मै


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
4.4K
SHARES

काठमाडौँ – २०७७ साल चै १ गतेभन्दा अघि सिटिजन बैँक इन्टरनेशनलको डेपुटी सीइओ थिए बोधराज देवकोटा । त्यहाँ हुँदा सानको जीवन विताइरहेका थिए । किनकी त्यहाँ मानसम्मान थियो, राम्रो तलव थियो, अरु सेवा सुविधा पनि राम्रै थियो ।

उनलाई त्यतिले पुगेन, छिटोछिटो पैसा कमाउने भुत जाग्यो । त्यसपछि चैत्र १ गते महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भए । त्यसपछि सुरु भयो उनको ठगी धन्दा ।

उनको आँखा ललितपुरको कुमारीपाटीमा रहेको शाखामा गयो । त्यहाँ पहिलादेखिनै लफडा हुँदै आएको थियो । त्यही लफडामा केही कमाइन्छकी भनेर लामो हात गरे । एउटा सानो जालसाँदी गर्दा लाखौँ कमाई हुन्छ भने किन नगर्ने ?

बैँकको ऋण सकार्ने र सक्कली सुनलाई नक्कली बनाउने योजना बनाए बैंकका शाखा प्रबन्धक सुनिल कुमार नेपालले । उनकै सीईओ देवकोटालाई आफ्नो अपराधिक योजना सुनाए । योजना सुनिसकेपछि देवकोटालाई मन पर्यो र नेपाललाई ‘गो अहेड’ भनिदिए ।

त्यसपछि सुरु भयो जालसाँदै चक्रा । त्यही चक्रको भुमरीमा परिन ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जन। २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखेकी थिइन् ।

ललितपुरको कुमारीपाटीमा रहेको शाखा कार्यालयले धितोमा राखेर ऋण लिएको सुनलाई नक्कली भनेर ग्राहकलाई ठगेको हो । ऋण चुक्ता गरेर सुन फिर्ता लिन खोज्दा बैँकले सुन नक्किली भनेर ग्राहकलाई दिएन् ।

५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्किली भएकाले दिन मिल्दैन भनेको थियो । ‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर गरेकी छिन् ।

त्यसपछि ग्राहकले बैँकमा धितो राखेको सक्कली सुनलाई नक्कली बनाएर ठग्ने गरेको तथ्य सार्वजनिक भयो । यसमा सीईओ देवकोटाको महत्वपूर्ण हात रहेको छ ।

२०७२ चैतमा आफ्ना ३५ थान सुनका गहना जाँच गरेर नै बैंकले ऋण दिएको महर्जनले बताइन् । ०७८ भदौ ९ मा ऋण चुक्ता गरेपछि उनी आफ्नो सुन फिर्ता माग्न गएकी थिइन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी गरेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको छ । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् ।

‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् । ‘जाँचेर राखेको सुन ५ वर्षपछि नक्कली भएको हो र ?’ भन्ने प्रश्नमा बैंकले बैंक र ऋणीको आन्तरिक कुरा भएकाले छिट्टै समाधान हुने बताए ।

बैंकले लिएको सुन नक्कलीनै भएपछि अब बैंकले ग्राहकको सुन जस्ताको तस्तै फिर्ता गर्नपर्छ । किन भने बैँकले सुन राख्दा सक्किली भनेरै ऋण दिएको हो ।