इतिहासमा आजः फ्रान्ससँग युद्ध लड्ने जर्मनीको घोषणा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
3.5K
SHARES

एजेन्सी – आज सन २०२१ सेक्टेम्बर ३ तारिख, आजकै दिन १९१४ को ३ सेप्टम्बरमा जर्मनीले फ्रान्सबिरुद्ध युद्ध घोषणा गरेको दिन ।

रसियाबिरुद्ध युद्ध घोषणा गरेको दुई दिनपछि जर्मनीले फ्रान्सबिरुद्ध पनि लड्ने घोषणा गरेको थियो । दीर्घकालिन रणनीतिसहित तत्कालिन जर्मन सेनाका प्रमुख अल्फ्रेड भोन सिचिलफेनको योजनाअनुसार जर्मनीले रसिया र फ्रान्सबिरुद्ध युद्ध घोषणा गरेको थियो ।

त्यसको केही घन्टापछि फ्रान्सले पनि जर्मनीबिरुद्ध युद्ध घोषणा गरेको थियो । त्यस्तै, खाडी मुुलुक कतारले आज नै स्वतन्त्रता पाएको थियो । व्रिटिश शासनको ५५ वर्षपछि ३ सेप्टेम्बर १९७१ मा कतारले स्वतन्त्रता पाएको थियो ।

कतारले हरेक वर्ष ३ सेप्टेम्बरलाई स्वतन्त्र दिवस मनाउँछ । सन् १७८३ मा बेलायत र अमेरिकाबीच पेरिस सन्धीमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै अमेरिकी क्रान्ति सकिएको थियो ।

सन् १७८२ को प्रारम्भिक सन्धीको जगमा अडेर सम्झौताले अमेरिकी स्वतन्त्रतालाइ मान्यता दिएको थियो । अनलाइन दुनियाकै चर्चित कम्पनी अमरिकाको बहुराष्ट्रिय व्यापारसम्बन्धी कर्पोरशन हो इ बे ई बेले बजार र लिलामलगायतका अनलाइनसम्बन्धी विश्वव्यापी व्यापार गर्छ ।

पाइरी ओमिदयारले सन् ३ सेप्टेम्बर १९५५ मा यसको स्थापना गरेका थिए । सन् १९६७ देखि स्वीडेनका चालकहरुले सडकमा दायाँबाट गाडि चलाउन थालेका थिए । यसअघि स्वीडेनमा बायाँबाट गाडि चलाइन्थ्यो ।