महालक्ष्मी विकास बैंकका सीइओले दिउसै रात पारेपछि…


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
10.3K
SHARES

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटाले दिउसै रात पारेका छन् । बैंकले सुनलाई पित्तल बनाएर ग्राहकलाई फसाउन खोजेको विषय सार्वजनिक भएपछि देवकोटाले केही भएको होइन् भन्दै झुट बोलेर दिउसै रात पारेका हुन् ।

ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जन बैंकबाट ठगिएकी हुन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखेकी थिइन् ।

५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्किली भएकाले दिन मिल्दैन भनेको थियो । ‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ विष्णु महर्जनले भनेकी थिइन् ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’

तर बैंकले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगएको भन्दै झारा टारेको छ । मिडियाको प्रेसर थेग्न नसकेर बैंकले शुक्रबार महर्जनको सम्पूर्ण भितो बापतको सम्पती फिर्ता गरेको छ ।

सुन फिर्ता गरेपछि बैंकले प्रेस विज्ञप्ति निकाल्दै ठूलो कुरा गरेर जनतामा भ्रम छर्न खोजेको छ । यही विषयमा एक विज्ञप्ति निकाल्दै बैंकले आफूहरुले भनेको नबुझ्दा समस्या आएको जनाएको छ ।

‘तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुन आश्चर्यको विषय हो ।’

‘बैंक र ग्राहकबिच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरी दिनहुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ बैंक चोखिन खोजेको छ ।

‘आज मिति २००८ भाद्र १८ गते शुक्रबार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं ।’ हस्ताक्षर विनाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बैंक आफना ग्राहकहरुप्रति संधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

बैंकले यो विषय भ्रामक भनेपनि प्रहरीमा गएपछि सुल्झिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो । छलफलमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् ।

५ महिनामै बदनाम बने महालक्ष्मीका सीईओ देवकोटा, छिटो कमाउन खोज्दा चुर्लुम्मै