यति राम्री १९ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
15.3K
SHARES

काठमाडौं – एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बनेकी छिन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन्।

कर्णाली प्रदेशको दैलेखको एक वडा सभापतिमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनबाट महत सभापति बनेकी हुन्।

‘सबै अट्ने देश सबैलाई जोड्ने’ कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले बताए।

‘वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि सर्वसम्मत रुपमा उनी निर्वाचित भएकी हुन्। सबैले उनैलाई सहयोग गरे’, भण्डारीले भने।

भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।