एनसेलले ठग्यो ? तत्काल यो नम्बरमा फोन गर्नुहोस्, सिधै हुने छ कार्वाही


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८
3.1K
SHARES

काठमाडौँ – नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार प्रदायक कम्पनीहरुले ठगी गरेको थाहा पाए उजुरी दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कम्पनीलाई जानकारी गराउँदा पनि अटेरी गरे प्राधिकरणमा उजुरी गर्न भनेको हो ।

दूरसञ्चार प्राधिकरणले उपभोक्ताहरुसँग सम्बन्धित गुनासो दर्ता गर्नेसम्बन्धी सूचना प्रकाशित गर्दै उजुरी गर्न आग्रह गरेको हो । प्राधिकरणले प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरि दूरसञ्चार सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरुले प्रदान गरेको दूरसञ्चार सेवाका सम्बन्धमा समस्या भएमा दूरसञ्चार उपभोक्ताहरुले सम्बन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा यस प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेल मार्फत उजुरी गर्न आग्रह गरेको छ ।

हाल दूरसञ्चार सेवाका सम्बन्धमा उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित एवं प्रभाबकारी बनाउनको लागि कार्यालयको सम्पर्क नम्बर तथा इमेलको अतिरिक्त गुनासो ब्यबस्थापन प्रणाली (Complaint Handling System)  समेत तयार गरि सोझै प्राधिकरणको Website मा राखिएको गुनासो व्यवस्थापन प्रणाली  (Complaint Handling System) मा समेत गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्त हित संरक्षण शाखा कमलादीको फोन नं.०१–४२५५४७४, ४२५४७१७, ४२५५६४९ तथा फयाक्स् ०१–४२५५२५० र पो.ब.नं. ९७५४ मा सम्पर्क गर्न भनेको छ । साथै, गुनासाहरु Email:- [email protected], Website: www.nta.gov.np सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै ठगी गर्ने कम्पनीमा एनसेल पर्ने गरेको छ । यसअघि प्राधिकरणले एनसेललाई ठगी गरेको भन्दै १ अर्ब १४ करोड उपैयाँ जरिवाना तिराएको थियो । एनसेलले विभिन्न प्याक खरिद गर्दा सर्वासाधारणसँग उत्तः रकम ठगी गरेको थियो ।

एनसेलले नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति नै नलिइ विभिन्न प्याक तथा सेवाको नविकरण गरी सवा अर्व रुपैयाँ ठगी गरेको हो । प्राधिकरणले गरेको अध्ययनमा एनसेलले ०७५ जेठदेखि २०७७ बैशाखसम्म हुवावे गेम्स कन्टेन्ट, विजनेस ह्याण्डलिङ फी, गेमलफ्ट जस्ता सेवा महसुल दर स्वीकृत नगराई प्राधिकरणको निर्देशन विपरित स्वतः नविकरण गरी महसुल असुलेको पाइएको थियो ।

जसअनुसार ग्राहकबाट एक अर्ब दुई करोड दुई लाख ८९ हजार रुपैयाँ असुल गरेको र गेमलफ्ट शीर्षकमा मात्र १२ करोड १ लाख रुपैयाँ भन्दा बढी थप महसुल संकलन गरेको पनि अध्ययनको निष्कर्ष थियो ।

यसरी ठगी गर्ने एनसेललाई प्राधिकरणको समिति बैठकले कारवाही गर्ने निर्णय गरेको थियो । एनसेलले ग्राहकबाट विभिन्न प्याक तथा सेवाको कानुन विपरित स्वतः नविकरण गरी दुई बर्ष अवधिमा १ अर्ब १४ करोड रुपैयाँ अशुल गरेको भन्दै समितिले निर्णय अनुसार स्पष्टिकरण सोधेको थियो ।

ग्राहकको उजुरीका आधारमा छानविन गर्दा यति ठूलो मात्रमा ठगी गरेको पाइएपछि प्राधिकरण एक्सनमा उत्रिएको थियो ।