मोटिभेट समाचार प्रभाव, विद्यार्थीलाई ठगी गर्ने भ्याली कन्सल्टेन्सीका संचालक पक्राउ

काठमाडौँ – विद्यार्थीलाई ठगेको अभियोगमा एक जना कन्सल्टेन्सी संचालक पक्राउ परेका छन् । अध्ययनका लागि कोरिया पठाइदिन्छु भन्दै विद्यार्थीबाट लाखौँ रकम असुल्ने भ्याली इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका हुन् ।
विद्यार्थीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा किर्तिपुरमा रहेको भ्याली कन्सल्टेन्सीका संचालक रोशन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । दक्षिण कोरियाले विद्यार्थी भिसामा सत प्रतिशत रिजेक्शन गरेपछि पनि कन्सल्टेन्सी संचालकले विद्यार्थीको पैसा फिर्ता नगरेपछि प्रहरीले पक्राउ गरेको हो ।
बारम्बार विद्यार्थीले पैसा फिर्ता माग्दा समेत नदिएपछि विद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । विद्यार्थीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोरिया …