एक महिनाभित्र पैसा तिर्ने सहमति गरेर निक्लिए रोशन


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज ७ २०७८
3.6K
SHARES

काठमाडौँ – विद्यार्थीलाई ठगेको अभियोगमा पक्राउ परेका भ्याली कन्सल्टेन्सीका संचालक रोशन योञ्जन छुटेका छन् । एक महिनाभित्र विद्यार्थीको पैसा फिर्ता गर्ने सहमति गरेर उनी छुटेका हुन् ।

अध्ययनका लागि कोरिया पठाइदिन्छु भन्दै विद्यार्थीबाट लाखौँ रकम असुलेको आरोप लागेपछि प्रहरीले उनलाई बोलाएको थिए ।

विद्यार्थीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई परिषर टेकुमा बोलाएको थियो । दक्षिण कोरियाले विद्यार्थी भिसामा सत प्रतिशत रिजेक्शन गरेपछि पनि कन्सल्टेन्सी संचालकले विद्यार्थीको पैसा फिर्ता नगरेपछि विद्यार्थीले प्रहरीमा जाहेरी दिएका थिए ।

त्यही जाहेरीका आधारमा प्रहरीले छलफलका लागि बोलाएको हो । बारम्बार विद्यार्थीले पैसा फिर्ता माग्दा समेत नदिएपछि विद्यार्थीले प्रहरीमा उजुरी दिएका थिए । विद्यार्थीको उजुरीका आधारमा प्रहरीले उनलाई परिषर टेकुमा बोलाएको थियो ।

कोरिया अध्ययनका लागि भन्दै एक जना व्यक्तिबाट ९ देखि १० लाख रुपैयाँ उठाएका थिए ।

प्रहरी कहाँ कोरियामा रहेको विश्वविद्यालयले रिफण्ट गर्न ढिलाई गरेको भन्दै केही समयमा रिफण्ड हुने विश्वाससहित सहमति भएको छ । सहमति अनुसार कन्सल्टेन्सीले एक महिनाभित्र विद्यार्थीको पैसा फिर्ता गर्न पर्ने छ ।

त्यसका लागि कन्सल्टेन्सीले विश्वविद्यालयलाई बारम्बार ताकेता गर्ने सहमति भएको छ । छुट्ने वित्तीकै मोटिभेटको सम्पर्कमा आएका योञ्जनले विद्यार्थीले बुझ्दै नबुझी आफूलाई फसाएको बताए । समाचारकै विषयमा कुराकानी गर्न मोटिभेट न्यूजको कार्यालयमा आएका उनले केसी विश्वविद्यालयका कारण आफू समस्यामा परेको बताए ।

‘कोरिया जाने विद्यार्थीको भिसा नलागेपछि विश्वविद्यालयले लिएको पैसा फिर्ता गर्न पर्ने हो ।’ उनले भने, ‘केही रकम फिर्ता गरेको छ । केही रकम फिर्ता गर्न बाँकी । त्यही बाँकी रकमका कारण हामीलाई समस्या भयो ।’

उनले आफू विद्यार्थीको पैसा फिर्ता गर्न लागि परेको बताए । ‘पैसा हाम्रो हातमा छैन’, उनले भने, ‘विद्यार्थीले सिधै विश्वविद्यालयमा जम्मा गरेका हुन् । कोरियामा पेस्टियवल विदा चलिरहेकाले केही ढिला भएको विश्वविद्यालयले जवाफ पठाएको छ ।’

मोटिभेट समाचार प्रभाव, विद्यार्थीलाई ठगी गर्ने भ्याली कन्सल्टेन्सीका संचालक पक्राउ