कविताको शिर्षक छ ‘नेता’

आँखा त छ
अर्कैको आँखा प्रयोग गर्छ
अन्धा त हुदै हैन
अर्काले जे देख्छ
उसले त्यही देख्छ र
त्यसमा उसको जीब्रो चल्छ
तै भएर हाम्रो सत्य
र उनको सत्यमा फरक छ
उसको आँखा भन्दा बढि
कान चल्छ
कानले
जीब्रो चलाउछ
उसको कान
धेरैले भर्छन
कान भर्नेहरुबाट आफ्नो आँखाबाट
तै देख्छ
कान भर्नेहरुले जे देख्छन
हामीले सुनेको
र उनले सुनेकोमा
फरक यसरी पर्छ
हामीमा
र
उनमा फरक यही हो
तै भएर उ नेता हो
