शिक्षण अस्पतालबाट आयो माधव नेपालबारे आङ सिरिङ्ग हुने खवर


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८
215.1K
SHARES

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था झन् विग्रीदै गएको छ ।

ज्वरो र खोकीको समस्या अत्यधीक बढेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका नेपालको स्वास्थ्य अवस्था थप कमजोर भएको अस्पतालले जनाएको छ ।

समस्या जटिल बन्दा सामान्य भेटघाट बन्द गरिएको अस्पताल श्रोतले जनाएको छ । ज्वरो र खोकी झन बढेकाले भेटघाटले समस्या निम्त्यमाउने भन्दै अस्तालले भेटघाट बन्द गरेको हो ।

उनको निजि सचिवालयले पनि पूर्व प्रधानमन्त्री नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको र भेटघाट बन्द गरिएको जनाएको छ ।

अहिले नेता नेपालको अरु स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

चिकित्सकहरुले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएकाले उनलाई अस्पताल लगिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्।

अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।

उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको छ । नेपालको पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।

पार्टी गठनका लागि देश दौडाहमा हिडेका नेपाललाई धपेडि भएकाले स्वास्थ्यमा समास्या आएको हुनसक्ने डाक्टरको विश्लेषण छ ।

उनी सहित उनकी श्रीमतिलाई उस्तै किसिमको लक्षण देखिएपछि कारोना परिक्षण गरिएको थियो । कोरोना रिर्पोट भने नेगेटिभ आएको थियो ।