माधव नेपालले अस्पतालमै सुन्नपर्यो अत्यान्तै दुखद खवर, बलियो खम्बा ढल्यो


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शनिबार, असोज १६ २०७८
216.2K
SHARES

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अस्पतालमै उपचार गराइरहेका नेपालले अत्यान्तै दुःखद खवर सुन्न परेको हो ।

जिल्ला जिल्लामा पार्टी जिल्ला कमिटी घोषणा गरिरहेको नेकपा एसले काभ्रो ठूलो धक्का बेहोर्नु परेको छ । जिल्ला कमिटीमा राखेका धेरै नेताहरु नेकपा एमालेमा फर्किन थालेका छन् ।

तत्कालीन एमाले जिल्ला कमिटीको ३ जना निर्वाचित सदस्यहरुको उपस्थितिमा भएको जिल्ला कमिटी घोषणा गर्न माधव नेपाल आफै काभ्रे पुगेका थिए । तर घोषणा गरेको केहि दिन मै दर्जन सदस्यले आफू उक्त पार्टीमा नरहेको बिज्ञप्ति निकालेका थिए ।

त्यस्तै कतिपय माधव पक्षका नेता पार्टी फुटको विपक्षमा उभिएर आफूहरु एमाले मै रहेको घोषणा गरेका थिए ।

काभ्रेमा एमाले कमजोर भएको र आफू बलियो भएको भन्दै प्रचारवाजी गर्दै आएको नेकपा एस काभ्रेको खम्बाको रूपमा चिनिएका नेताहरू पुन पार्टीको मुलधार मै फर्कने क्रम सुरु भएको छ ।

नेकपा एस काभ्रे जिल्ला कमिटी उपसचिव भक्त कुमारी लामा पुन एमाले मै फर्किए पछि टोकबहादुर टिममा भुकम्प गएको छ ।

भक्त कुमारी लामा अनेरास्ववियु केन्द्रिय सचिवसम्म बनेर पार्टी काममा फर्किएकी उनी एमालेको तर्फबाट पाँचखाल नगरपालिकाको उपमेयरको उम्मेदवार समेत बनेकी थिइन । हाल लामा एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकी छिन ।

त्यस्तै समाजवादीका अन्य नेताको पनि एमाले नेतृत्व सङ्ग बारम्बार सम्बादमा रहेको र चाडै सहमति हुनसक्ने सम्भावना रहेको समाजवादीका एक नेताले बताए ।