चन्द्र ढकालको अर्को काण्ड बाहिरियो, माधव नेपाललाई आपत


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८
45.9K
SHARES

काठमाडौँ – चन्द्र ढकाल एक नामुक व्यापारी हुन् । नेपाल राष्ट्र बैंकको जागिर छोडेर व्यापारमा होमिएका उनी हुण्डि कारोबारीमा नेपालका मुख्य एजेण्ट हुन् ।

नेपाल राष्ट्र बैंकमा जागिर गर्दैगर्दा उनको भेट एक हुण्डि व्यापारीसँग भयो । त्यही सिलसिलामा जागिर भन्दा धेरै पैसा आउने भएपछि उनीले हुण्डिको धन्दामा लागेका थिए । त्यो धन्दा अहिले पनि चलिरहेको छ । पछि कानुनी रुप दिन आफ्नो कालो धनलाई सेतो बनाउन हुण्डिलाई आईएमईका रुपमा विकास गरे । अहिले पनि बाहिर आईएमई देखिए पनि भित्र मुख्य रुपमा उनको धन्दा हुण्डि कारोबार नै हो ।

अष्ट्रेलिया, जापान, कतार, मलसिया लगायत युरोप र अमेरिकाका देशहरुबाट अहिले पनि हुण्डि कारोबार भइरहेको छ । त्यसका मख्य एजेण्ट उनी हुन् भने बाहिर देखिनेगरी न्यारोडका कपडा व्यापारीले काम गर्छन् । हुण्डि कारोबार कसरी हुन्छ र उनीहरुको हुलिया के हो ? कस्ता कोटेशनमा काम हुन्छन् ? हुण्डिको चावी लगायतका विषयमा खोजमूलक रिर्पोट अर्को अंकमा प्रस्तुत गरौँला तर आज चन्दागिरी स्थापना र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग चन्द्र ढकालको सम्बन्धका विषयमा चर्चा गर्दैछौँ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तत्कालिन नेपाली कांग्रेस र मद्येश केन्द्रीत दलको समर्थनमा प्रधानमन्त्री बने । प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बनेका नेपाल २०६८ माघ २० गते बाहिरिए । उनी बाहिरिन भन्दा दुई दिनअघि चन्द ढकाललाई ठूलो गुन लगाइदिएका थिए ।

नेपालले माघ १८ गते चन्द्रगिरी डाँडोमा जंगल फडानी गरी संरचना निर्माण गर्न स्वीकृति दिएका थिए । त्यसको गुन ढकालले अहिलेसम्म तिरेका छैनन् । यसको अवसर नेकपा एमाले फुटाउँदा आएको थियो । त्यो पनि सुदूरपश्चिमका नेता प्रेम आलेले हावामा उडाइदिए ।

खासमा माधवले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्नुअघि बन्द भेला र प्रशिक्षण आयोजना गर्दाको रकम ढकालले तिर्ने सहमति भएको थियो । कार्यालयको लेखा फाँटमा भेटिएको बिल अनुसार मूल्य अभिवृद्धि कर, सेवाशुल्कसहित झण्डै १२ लाख रुपैयाँ अक्सिजन मन्त्रीको उपमा पाएमा प्रेम आलेले तिरिदिए ।

घटना यसरी सुरु भएको थियो भने भन्दै नभनी माधव नेपालसहितका नेता चन्द्रागिरीमा उक्लिए । त्यसका मालिक चन्द्र ढकाल आफूले मिडियामार्फत यो विषय थाहा पाएपछि छक्क परे । चन्द्रले स्टाफहरूलाई सोधे, खोजे । कसैले माधवनजिक गएर कुरा गराउन सकेनन् । त्यसपछि तनहुँका सांसद तथा व्यापारी किसान श्रेष्ठलाई चन्द्रले फोन गरे ।

किसानकै मोबाइलबाट माधव र चन्द्रबीच कुराकानी भयो । कुरा सकिएपछि चन्द्रले भने, ‘मैले आजसम्म उहाँको गुण तिर्ने मौका पाएको थिइन । जे–जति बिल भएको छ, त्यो मेरो पर्सनल अकाउण्टमा हाल्नु भनेर स्टाफहरूलाई भनिसकेको छु । म परेको र सकेको सहयोग गर्दै रहन्छु । अहिलेलाई त्यो बिल त्यहीँ रहोस्, मेरै नाममा !’ किसानले ‘धन्यवाद्’ भने, फोट काटे ।

पर्सिपल्ट बैठक सिध्याएर सीधै निर्वाचन आयोग जान भनी सहभागी सबै नेता टुरिस्ट बसमा चढ्ने तरखर गरिरहेका थिए । डोटीका सांसद प्रेम आलेले माधव नजिक पुगेर एउटा चिर्कटो निकाल्दै भने, ‘मैले बिल तिरेँ हजुर‘!’ माधवले अचम्म मान्दै सोध्नुभयो, ‘किन तिर्नुभएको ? मैले तिर्नु भनेको थिएँ ?’ आलेले भने, ‘काउन्टरमा सोधेको, यति पैसा भयो भन्दै थियो । अनि, मैले गरिदिएँ हजुर‘!’ गाली गरौँ, रिसाऔँ, दल दर्तामा जानु छ, उनैको समेत संख्या मिलाएर २० प्रतिशत सांसद पु¥याउनु छ । केही नभनौँ, कसरी सहनु ? माधव अप्ठेरोमा पर्नुभयो । खासमा उहाँ आलेसँग रिसाइसक्नुभएको थियो । रिस पोख्नमात्रै समस्या !

एकैछिनमा फेरि चन्द्र ढकालले रिसाएर किसानलाई फोन गरे । ‘तपाईंहरूले यस्तो गर्ने ? मैले भन्दाभन्दै मेरो कुरालाई इग्नोर गर्ने ? मजा भएन यार यो त ! मैले एकदम ह्युमिलिएट फिल गरेँ !’ तर, यतिबेलासम्म किसानलाई पनि थाहा रहेनछ– प्रेमले हत्तपत्त पैसा तिरेको कुरा । उनले सोधे, ‘के भयो ?’ चन्द्रले भने, ‘प्रेम आलेजीले हत्तपत्त गएर पैसा तिर्नुभएछ । स्टाफहरूले पनि मलाई सोधेनन् । साह्रै नमज्जा भयो । बूढासँग त्यत्रो कुरा गरेँ ।

अन्तिममा पैसा तिरेर मलाई नमज्जा बनाइदिने ?’ किसान पनि नाजवाफ बने । उनले यही कुरा माधवलाई सुनाए । माधवले सानो स्वरमा प्रेमबारे भन्नुभयो, ‘कस्तो मान्छे होला त्यो ?’ उहाँले ‘चन्द्रलाई म मिलाएर भन्छु’ भन्नुभयो । किसानले भने, ‘उनी त फायर भइसके हजुर, यस्तो–यस्तो गर्ने भनेर मलाई गुनासो गर्दै थिए !’ खासमा ‘फायर’ त चन्द्रभन्दा माधव नै बढी हुनुभएको थियो, देखाउनमात्रै नमिलेको ।’

पछि चन्द्र ढकालले एकाउन्टका स्टाफलाई फोन गरेर झपारे । ‘मैले पैसा नलिनु भनेको होइन् ? किन उहाँहरुको पैसा लिएको ?’ खासमा एकाण्डका म्यानेजरलाई पनि यो विषय थाहा रहेनछ । अर्कै स्टाफले पैसा बुझेका रहेछन् ।

एमाले फुटाउन चन्द्र ढकालको ठूलो हात, यसरी खुल्यो रहस्य