प्रेरक प्रसंग : पैसाको बोली


नेपोलियन हिल, सोच्नुहोस् र धनी बन्नुहोस्
प्रकाशित मिति : बुधबार, असोज २० २०७८
2.9K
SHARES

काठमाडौँ – केही व्यक्ति सोध्दछन्, ‘तपाईले धनको बारेमा पुस्तक किन लेख्नुभयो ?’ सम्पन्नतालाई केवल डलरमा किन तौलिने ? केही मानिस विश्वास गर्दछन् र उनको सोचाइ सही छ कि सम्पन्नताको केही अन्य रुप छन् जुन धनभन्दा अधिक महत्त्वपूर्ण छन् ।

यस्ता पनि धन हुन्छन्, जुन डलरको सन्दर्भमा नापिन सकिंदैन तर यस्ता करोडौं मानिस हुन्छन्, जो भन्दछन्, ‘मलाई त्यति पैसा दिनुहोस् जति मलाई आवश्यक छ र बाँकी सबै चिज म स्वयं प्राप्त गर्नेछु ।’

धन कसरी आर्जन गर्ने यस विषयमा मैले यो पुस्तक लेखेको छु, यसको पछाडि सबैभन्दा ठूलो कारण यो हो कि करोडौं मानिसलाई गरिबीको डरको कारणले पिरोलेको छ। यस प्रकारको डरले व्यक्तिलाई के गर्न सक्दछ । यसको साहै राम्रो वर्णन वेस्टबुक पेगलरले गरेका छन् ।

धन केवल धातुको गोलो रुप हो या कागजको टुक्रा हो । मन र आत्माको यस्ता कुनै खजाना छन्, जसलाई खरिद गर्न सकिदैन तर अधिकांश मानिस यस कुरालाई ध्यान दिँदैनन् । उनलाई यस कुराले आफ्नो उत्साह कायम राख्न मद्दत मिल्दैन ।

जब कोही व्यक्ति कंगाल छन र सडकमा छन्, जोसुकै पनि जागिर प्राप्त गर्नमा सफल भइरहेका नहन सक्छन्, तब उनको आत्मामा केही हुन जान्छन् जुन उनको झुकेको काँधमा स्पष्ट नजर आउँदछन्, जुन उनको चाल र उनको अनुहारमा झल्किन्छ ।

उनी ती व्यक्तिको तुलनामा आफूलाई हीन मान्नबाट बच्न सक्दैनन्, जोसित नियमित रोजगार छ भलै उनी यो जान्दछन् कि ती व्यक्ति निश्चित रुपले चरित्र, बुद्धि या योग्यतामा उनको समकक्ष छैनन् ।

अर्कोतर्फ यी मानिस आफूलाई सर्वश्रेष्ठ ठान्दछन्, उनलाई अवचेतन रुपले असफल मान्दछन् । जब कोही व्यक्ति कंगाल हुन्छन् तब उनी खाली बसेर लामो समयसम्म सोचविचार गर्न सक्दछन् । उनी केही माइल यात्रा गरेर कुनै जागिरको खोजीमा कुनै व्यक्तिसित भेट गर्न जान सक्दछन् र त्यहाँ गएपश्चात् उनलाई थाहा हुन्छ कि जागिरमा पद पूर्ति भइसकेको छ ।

यसप्रकार उनी आफूलाई एकपटक फेरि सडकमा नै पाउँछन् । उनी कतै जाने ठाउँ पाउँदैनन् । यसप्रकार उनी यताउता भौतारिन्छन् । उनी पसलमा विलासिताको वस्तुहरु सजाइएको देख्दछन्, जुन उनका लागि होइन र उनी स्वयंलाई हीन सम्झिन्छन् र उनी मानिसका लागि बाटो खाली गरिदिन्छन् जो खरिद गर्ने इच्छाले सामान हेर्न रोकिन्छन् ।

उनी रेल्वे स्टेशनमा भौतारिन्छन् या लाइब्रेरीमा पस्दछन् ताकि उनलाई केही क्षण भए पनि आराम मिल्न सकोस् । तर यसले उनको जागिरको समस्या हल हुन सक्दैन । यसकारण उनी फेरि एक पटक त्यहाँबाट निस्किन्छन् । उनको दिशाहीनता नै उनको मार्गको अवरोध हो भन्ने उनले थाहा पाउन सक्दैनन्।

उनी हजारौं अन्य व्यक्ति, बुककिपर्स, क्लर्क या केमिस्ट आदि आआफ्ना काममा व्यस्त रहेका देख्छन् र आफ्नो मन र आत्माले तिनीहरुको ईर्ष्या गर्दछन् । उनीसित स्वतन्त्रता छन्, आत्मसम्मान छन्, स्वयं एक असल व्यक्ति हुन् जुन उनलाई थाहा नै हुँदैन ।

यो केवल धन नै हो, जसले उनको जीवनमा परिवतर्न ल्याउन सक्दछ । यदि उनीसित थोरै धन आयो भने एकपटक उनी आफनो सामान्य स्थितिमा फर्किन सक्दछन् ।