विचारलाई नगदमा रुपान्तरित कसरी गर्ने ?


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८
2.9K
SHARES

काठमाडौँ – यो सोच्नुहोस् कि आशा क्याडलर र डा. फ्रयाङ्का बीचमा एक कुरा समान थियो । दुवैले यस प्रबल सत्यलाई जान्नथे कि निश्चित लक्ष्य र निश्चित योजनाशक्तिद्धारा विचारलाई नगदमा बदल्न सकिन्छ ।

यदि तपाई ती मानिसमध्ये हुनुहुन्छ जो विश्वास गर्दछन् कि केबल कडा मेहेनत र इमानदारीले सम्पन्नता आउँदछ । यो भाग्यको खेल हो भन्ने विचार आउँछा भने यसलाई आफनो मस्तिष्कबाट निकालिदिनहोस् । यो साँचो होइन ।

धन निश्चित मागको प्रतिक्रिया स्वरूप प्राप्त हुन्छ । यो केही निश्चित सिद्धान्तको प्रयोगमा आधारित छ । जसलाई भाग्यसित कही लिनु दिनु छैन ।

आमरुपले विचार नै कल्पनाको सहाराले कर्मलाई प्रेरित गर्दछ । सबै मास्टर सेल्समेन जान्दछ कि जहां सामान विक्न सक्दैन, त्यहाँ विचार विक्दछ । औसत सेल्समेन यस कुरालाई जान्दैनन् र यसकारण उनीहरु औसत सेल्समेन हुन्छन् ।

थोरै मूल्यको पुस्तकको एक प्रकाशकले एक प्रकारको खोज गरे । जुन आमरुपले सबै प्रकारका लागि महत्त्वपूर्ण सावित हुन सक्दछ । उसले सिक्यो कि केही मानिस पुस्तकको भित्रको शब्दलाई खरिद गर्दैनन् बरु उनीहरु शीर्पक खरिद गर्दछन् ।

उसको एउटा पनि पुस्तक विकिरहेको थिएन । जब उसले यस पुस्तकको शीर्षक बदलिदियो, तब यस पुस्तकको विक्री दस लाख प्रतिभन्दा बढी भयो । ध्यान दिनुहोस् पुस्तकभित्रको सामग्री अलिकति पनि परिवर्तन गरिएको थिएन ।

उनले केबल पुस्तकको कभर बदलिदिएका थिए साथै नयाँ शीर्षक राखिदिएका थिए जुन बुक्स अफिसको हिसाबले आकर्षक थियो । वास्तवमा यो धेरै सजिलो लाग्दछ, तर यो विचार त हो नै । यो कल्पना थियो।

विचारको कुनै औसत वा निर्धारित मूल्य हुँदैन । विचारको रचनाकार आफू स्वयंको मूल्य तय गर्दछ र यदि त्यो चुस्त भएको खण्डमा उसलाई मूल्य प्राप्त हुन्छ।

व्यावहारिक दष्टिले प्रत्येक सम्पन्नताको कहानी त्यस दिनबाट सुरु हुन्छ जब विचारको एक रचयिता र विचारको एक विक्रेता जम्मा हुन्छन् र मिलेर काम गर्दछन् । कारनेगीले आफ्नो आसपास यस्ता मानिसलाई जम्मा गरेका थिए, जसले ती सब गर्न सक्दथे जुन कारनेगीले गर्न सक्दैनथे ।

व्यक्ति जो विचारलाई जन्म दिन्थे, व्यक्ति जो ती विचारलाई कर्ममा परिवर्तन गर्न सक्दथे र उनले दोस्रोलाई धनी बनाउथे। करोडौं मानिस जिन्दगीभरि ब्रेक वा मौकाको खोजीमा रहन्छन् ।

हुन सक्छ उनलाई भाग्यवश कुनै मौका प्राप्त हुन्छ, तर सबैभन्दा सुरक्षित योजना यही हो कि भाग्यको भरोसामा हातमा हात राखेर नबस्नुहोस् ।