प्रेरक प्रसंग : जादूको कितलीले दिलाएको सफलता


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८
6.1K
SHARES

काठमाडौँ – पचास वर्ष पहिले एक बुढा डाक्टर सहरमा आए, उनले आफ्नो घोडा बांधे र बिस्तारै उनी एक औषधिको पसलमा पछाडिको ढोकाबाट पसे र युवा ड्रग क्लर्कसित चर्चा गर्न थाले ।

एक घण्टासम्म बूढा डाक्टर र क्लर्क विस्तारै विस्तारै कुराकानी गर्न थाले । फेरि डाक्टर बाहिर गए। उनी आफ्नो बग्गीको छेउमा पुगे र उनले त्यसबाट एक ठूलो पुरानो कितली निकाले र उनले यसलाई स्टोरको पछाडि राखिदिए।

क्लर्कले कितली जांच गरे, आफ्नो भित्री खल्तीमा हात लगाएर निकाले र डाक्टरलाई ५०० डलर दिए । जुन उसको पूरा बचत थियो। डाक्टरले क्लकलाई एक सानो कागजको टुक्रा दिए जसमा एक गोपनीय फमुला लेखिएको थियो ।

त्यस सानो कागजमा लेखिएको शब्दको कुनै राजाको खजाना बराबरको मूल्य थियो । तर डाक्टरका लागि होइन । यो जादू शब्द उम्लन सुरु गर्नका लागि आवश्यक थियो, तर कितलीबाट कति अथाह धन बसिनेछ भन्ने न त डाक्टर न त क्लर्क नै जान्दथे।

बूढा डाक्टर कितली पाँच सय डलरमा बेचेर धेरै खुसी थिए । क्लर्क आफ्नो पूरा जीवनको बचत एक कागजको टुक्रा र एक पुरानो कितलीका लागि दाउमा लगाएर धेरै जोखिम लिइरहेका थिए । उनले सपनामा पनि सोचेका थिएनन् कि उनको कितली जब उम्लनेछ, तब त्यसवाट पिधिएको सुन बग्नेछ जुन एक दिन अलादिनको चिरागको चमत्कारी प्रदर्शनलाई पनि पछाडि छोडिदिनेछ ।

क्लर्कले जे खरिद गरेका थिए त्यो एक विचार थियो। पुरानो कितली र कागजमा लेखिएको एक गोपनीय सन्देश साथमा प्राप्त भयो । कितलीको चमत्कारी प्रदर्शन तब सुरु भयो जब यसको नयाँ मालिकले गोपनीय निर्देशनसहित एक यस्तो तत्त्व मिलाए जसको बारेमा डाक्टर केही जान्दैनथे।

सोचेर हेर्नुहोस् के तपाई बताउन सक्नुहुन्छ कि त्यो के थियो जुन कितलीबाट सुन बर्षिन थाल्यो । यहाँ तपाईलाई एक यस्तो वास्तविक कहानी बताउन गइरहेको छु जुन एक विचारको रुपमा प्रारम्भ भयो।

आउनुहोस् हामी सुनको त्यस विशाल थुप्रोतर्फ हेरौं जून विचारबाट उत्पन्न भयो । यसले धेरै धन कमाएको छ र आज पनि यसले संसारमा ती मानिसलाई धन कमाएर दिइरहेको छ, जसले कितलीको सामग्रीलाई करोडौं मानिससम्म पुऱ्याइरहेको छ।

पुरानो कितली आज संसारमा शकरको सबैभन्दा ठूलो बनाउने र बेच्ने रोजगार उपलब्ध गराइरहेको छ। पुरानो कितली प्रत्येक वर्ष करोडौं काँचको बोतललाई काम ल्याउँदा जसबाट काँचको काम गर्ने धेरै मानिसलाई रोजगार मिल्दछ ।

पुरानो कितली पूरा देशमा क्लंक, स्टेनोग्राफ, कपिराइटस् र एडभरटाइजिङ्ग विशेषज्ञको फौजलाई रोजगार दिन्छ । यसले ती दर्जनों कलाकारलाई सम्पत्ति दिलाएको छ जसले यस प्रोडक्टलाई विज्ञापन गरेर राम्रो पिक्चर्स बनाएको छ।

पुरानो कितलीले एक सानो दक्षिणी सहरलाई दक्षिणको व्यापार राजधानी बनाइदिएको छ जहाँ यो प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहरको प्रत्येक व्यापार र प्रत्येक नागरिकलाई लाभ पुयाउँछ। यस विचारको प्रभाव अब संसारको प्रत्येक सभ्य देशलाई लाभ पुयाएको छ र यसलाई छुने प्रत्येक व्यक्तिलाई सुनको बग्दै गरेको धाराबाट हिस्सा प्राप्त हुन्छ।

कितलीबाट वर्षिएको सुनबाट दक्षिणको एक प्रसिद्ध कलेज बनायो, जहाँ हजारौं युवक र युवती सफलताका लागि अनिवार्य प्रशिक्षण प्राप्त गर्दछन्। यदि पित्तलको यो पुराना कितली बोल्न सकेको खण्डमा यो प्रत्येक भाषामा रोमान्सको रोमान्चक कहानी सुनाउनेछः प्रेम रोमान्स, व्यापारको रोमान्स, प्रोफेशनल पुरुष र महिलाको रोमान्स जो यसद्धारा प्रतिपादन प्रेरित हुन्छन् ।

लेखक कमसेकम एक यस्तो रोमान्सको बारेमा पूर्णरुपले आश्वस्त छन् किनकि उनी यसको एक हिस्सा रहेका छन् र यो त्यस स्थानबाट धेरै टाढा सुरु भएको थिएन जहाँ ड्रग क्लर्कले पुरानो कितली खरिद गरेका थिए । यहाँ लेखकले आफ्नी पत्नीसित भेट गरेका थिए ।

उनले नै लेखकलाई यस जादूको कितलीको बारेमा पहिलो पटक बताएकी थिइन् । त्यस समय पनि उनी त्यस कितलीमा उम्लिने सामान नै पिइरहेका थिए जब लेखकले उनलाई सोधे, ‘के तिमी मसित विवाह गछौं ?
तपाई जोसुकै हुनुहोस्, तपाई जहाँसुकै रहनुहोस्, तपाई जेसकै काम गर्नुहोस्, भविष्यमा यति याद राख्नुहोस् कि धन र प्रभावको यो साम्राज्य एक विचारबाट सुरु भएको थियो र ड्रग क्लकं आशा क्याडलरले त्यस गोपनीय फर्मुलासित जुन रहस्यमय तत्त्व मिलाएका थिए….कल्पना।