निफ्राका शेयरधनीहरुलाई बल्ल लाग्यो दशैं, कम्पनीले बोल्र्ड डिसिजन गरेपछि मालामाल


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, असोज २६ २०७८
74.3K
SHARES

काठमाडौं – नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)का शेयरधनीहरुलाई बल्ल दशैँ लागेको छ । दशैँको मुखैमा लगानीकर्तालाई खुसीको खबर आएको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले घोषणा गरेको लाभांश संशोधन भएपछि लगानीकर्ता मालमाल भएका छन् ।

बैंकले यस अघि ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त निर्णयले लगानीकर्तामा निराशा छाएको थियो ।

बैंकले नगद लाभांश दिने निर्णय गरेपनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले अब लाभांश ८ प्रतिशत नै दिनेछ छ, तर नगद होइन बोनश।

बोनस शेयर दिदा बैंकको पुँजी समेत बढ्छ । यसका लागि पनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको हो । हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

एक अर्ब ६० करोड बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २१ ऋर्ब ६० करोड पुग्नेछ ।

२० अर्ब चुक्ता पुँजी रहेको बैंकले झण्डै १ बर्षअघि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गरेको थियो । आईपीओ भरेका सबैले शेयर पाएका थिए ।

यो कम्पनीको आईपीओ आजसम्मकै सबैभन्दा ठूलो हो । कम्पनीमा लगानी गरेको सबैले ५० कित्ता प्राप्त गरेका थिए भने केही ६० कित्ता पनि पाएका थिए ।

अहिले यसको दोश्रो बजार मूल्य ३६१ रुपैयाँ ५० पैसा रहेको छ ।