अर्थमन्त्री शर्मालाई कोरियाबाट लगानीकर्ताको फोन, त्यही फोनले पिएको जागिर चट


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असोज २७ २०७८
107.4K
SHARES

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माको पीए श्रीकुमार कठायतलाई मन्त्रीको पिएबाट हटाइएको छ । आफूनै मन्त्री भएको भन्दै कुराकानी गर्न थालेपछि उनलाई पिएको जागिरबाट हटाइएको हो ।

अर्थमन्त्री शर्माको दोस्रो वरियाताका पीए, विशेषगरी मन्त्रीको फोन उठाउने लगायतको महत्वपूर्ण जिम्मेवारी पाएका कठायतले मन्त्रीको मोवाईलमा आएको फोनमा आफैले उठाउँदै आफूनै मन्त्री भएको भन्दै कुराकानी गर्न थालेपछि अहिले कठायतलाई सचिवालयबाट हटाइएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

‘पीए कठायतले मन्त्रीको मोबाइलमा कोरियाबाट आएको फोन उठाएर आफूनै मन्त्री भएको बताउँदै गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि उनले मन्त्रीको फोन बुझाएर सम्पर्क विहिन भएका छन् ।’ मन्त्रीको सचिवालयले भन्यो ।

स्रोतले भन्यो, ‘अहिले मन्त्रीज्यूको फोन उठाउने काम अर्कै व्यक्तिले गर्दै आएको र कठायतको ठाउँमा अर्को व्यक्ति नियुक्ती गर्ने तयारी भैरहेको छ ।’

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेपछि कोरियामा रहेका नेपालीले मन्त्रीको मोबाइलमा फोन गरी सो विषयमा किन सम्बोधन नगरेको भन्दै चासो लिएका थिए ।

कोरियाबाट फोन गर्ने युवाले फोन उठाउने व्यक्ति मन्त्रीको जस्तो स्वर नभएको भन्दै भेरिफाइ गर्न खोज्दा पीए कठायतले आफु मन्त्रीनै भएको दावी गर्दै आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।

‘कोरियाबाट फोन गर्ने व्यक्तिले आफूले मन्त्रीसँग कुरा गर्न चाहेको र मन्त्रीसँग कुराकानी गर्न मिल्छ भनेर सोधेका छन्,’ सार्वजनिक भएको उक्त अडियो रेकर्डमा छ ।

अडियोमा फोन गर्ने व्यक्तिले हजुरको स्वर छुट्टै छ भनेर शंका गरेका छन् । तर कठायतले भन्ने भए भन्नु नभन्ने भए नभन्नु म अर्थ मन्त्री जनार्दन शर्मानै हुँ भनेका छन् ।

उर्जामन्त्री भएका बेलामा देशलाई लोडसेडिङ मुक्त बनाएको, गृहमन्त्री हुँदा जनताका समस्या समाधान गर्नका लागि छुट्टै व्यवस्था गरी एउटा टिमनै बनाएर काम गरेकै कारण उनको चर्चा चुलिएको थियो ।

अहिले अर्थमन्त्री भएर पनि सानातिना कमजोरी भन्दै छोडे असफल भइने भन्दै उनलाई सचिवालयबाट हटाइएको श्रोतको दावि छ ।