प्रधानमन्त्री देउवाले तयार पारे उद्योग मन्त्रीको नाम, फेरी पनि गैरसांसद मन्त्री बन्दै


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बुधबार, असोज २७ २०७८
8.1K
SHARES

असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, बाणिज्य तथा आपुर्तिको नाम तयार पारेका छन् । उनले बनाउने नयाँ मन्त्रीको नाम सार्वजनिक भएको छ ।

प्रम देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका हुन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् ।

असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

हमालले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि देउवाले आँफै सम्हालेका छन् । उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्नेबारे प्रधानमन्त्री देउवाले भित्रभित्रै तयारी गरिरहेका छन् ।

प्रधानमन्त्रीनिकट विश्वस्त सूत्रका अनुसार यसपटक प्रधानमन्त्री देउवाले राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापालाई उद्योग मन्त्रालयमा पठाउने तयारी गरेका छन् ।

थापा सांसद भने छैनन् । सांसद नभएपनि संविधानतः ६ महिनाको लागि मन्त्री हुन पाउने व्यवस्था छ । थापा यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भैसकेका छन् ।

उनको भारतसँग अत्यन्तै सुमधुर सम्बन्ध छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रभावित पार्नका लागि गैर सांसदलाई मन्त्री बनाएका हुन् ।

गजेन्द हमाललाई मन्त्री बनाएर स्वः शुशील कोइरालाका सुभचिन्तकलाई आक्रषण गर्न खोजेका देउवा असफल भएपछि राप्रपालाई हातमा लिन खोजेका हुन् ।

उता, प्रधानमन्त्री देउवालाई पार्टीभित्रकै केही नेताले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने भन्दै लविङ गरिरहेका छन् ।