रवि लामिछानेलाई माधव नेपालको नाममा मर्न मन लागेपछि…


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज २८ २०७८
5K
SHARES

काठमाडौँ – चर्चित संचारकर्मी रवि लामिछानेले प्रेम आले र कृष्णबहादुर श्रेष्ठ (किसान) मन्त्री भएपछि आफूलाई मर्न मन लागेको बताएका छन् । उनीहरुलाई मन्त्री बनाउँने माधव नेपाल प्रति कडा कटाक्ष गरेका छन् ।

आले र श्रेष्ठलाई अवसरवादीको नांंगो रुप भन्दै लामिछानेले उनीहरुलाई जोकरसँग तुलना गरेका छन् ।

उनीहरुलाई मन्त्री बनाउँनु पर्ने कुनै कारण नभएको भन्दै उनले विदेशमा भएको भए उनीहरु सरकारमा होइन सर्कसमा हुने थिए भनेका छन् ।

आफ्नो कार्यक्रम सिधा कुरा मार्फत सरकारको पछिल्लो रवैया प्रति निकै आक्रामक प्रस्तुति दिएका लामिछानले अघिल्लो पटक ओली सरकारमासमेत मन्त्री भएका प्रेम आलेको भाइरल भाषणको क्लिप नै बजाएका थिए ।

सात नम्बर गियरमा सरकार अघि बढछ भन्ने आलेको भाषण बजाउँदै लामिछानले दनक दिएका थिए ।

प्रेम आले र किसान श्रेष्ठ मन्त्री बनेको सुन्दा आफूलाई मरौँ मरौँ लागेको पनि उनले बताए । यदी मरेर माथी जाँदा पनि यमराजलाई के भनेर जवाफ दिने होला त्यत्ती जवाफ पनि आफूसँग नभएको भन्दै लामिछानेले उनीहरु त्यत्ती तल्लो स्तरको मान्छे हो भनेका छन् ।

रविले माधव नेपालले नेतृत्व गरको पार्टीलाई भुरो पार्टी भनिदिएका छन् । अहिले यस्तो भुरो पार्टीमै यस्तो छ भने यो पर्टी पछि ठूलो बनेछ भने के सम्म गर्छ होला भनेर अहिलेनै भन्न सकिने पनि उनले बताए ।

ओले र श्रेष्ठ सँग पैसा र भुँडी बाहेक अरु केहि नभएको पनि उनले भनेका छन् । केहि समय अघि मात्रै प्रधानमनत्री शेरबहादुर देउवाको हात बाट आफ्नो टेलिभिजन ग्यालेक्सी फोर के को उद्घाटन गराएका लामिछानेले देउवाको पनि चर्को आलोचना गरेका छन् ।

देउवाले उद्घाटन गरको टेलिभिजन सुनपानीले छर्कन समेत तयार रहेको उनले भनेका छन् ।