एमाले अध्यक्ष ओलीले दशैंमै गरे गजवको काम, देशभर प्रसंसा


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज २८ २०७८
67K
SHARES

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यो बर्ष दशैंको टिका छैन् । काकाका छोराका मृत्यु भएका कारण उनले टिक लगाउने छैनन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनतालाई दशैंको शुभकामना भने कजवको दिएका छन् । उनको शुभकामना कार्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनको कार्डले प्रशंसा र चर्चा पाएको हो । नेताकार्यकर्ता देखि जनतालसम्मले सामाजिक सञ्जालमा उक्त कार्ड शेयर गरिरहेका छन् ।

समकालिन नेताहरुमा अभिव्यक्ति र कामका कारण चर्चामा रहिरहने अध्यक्ष ओलीले चाडवाडका अवसरमा वितरण गरेको शुभकामना कार्डले चर्चा पाएको हो ।

विगतमा कार्डमा फोटो राख्ने गरिए पनि यसपटक राखिएको छैन । नेतादेखि सर्वसाधारणसम्मले फोटोसहितको डिजिटल शुभकामना कार्ड वितरण गरिरहेकाबेला अध्यक्ष ओलीले नयाँ प्रयोग गरेका हुन ।

हुन त अध्यक्ष ओलीको यस वर्ष दसैं टीका छैन । भाइको निधनको कारणले अध्यक्ष ओलीले यो वर्षको दसैँमा टिका लगाउने कार्यक्रम छैन ।

तर, पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् ।

हरेक बर्ष बुवाको हातबाट टिक लगाएर आफन्त तथा सर्वसाधारणलाई टिक लगाइदिने गरेका ओलीले यो बर्ष सम्पूर्ण भेटघाट बन्द गरेर बस्नेछन् ।

ओलीले यो पटकको दशैंलाई उपयोगी बनाउन अध्ययन गर्न नपाएका पुस्तकहरु बढ्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।