सिभिल बैंकका अध्यक्ष तामाङको अर्को काण्ड बाहिरियो, ओलीलाई पनि तनाव


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : बिहिबार, असोज २८ २०७८
34.6K
SHARES

काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङको अर्को काण्ड बाहिरिएको छ । यो काण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत तनाव भएको छ ।

ओलीका अत्यन्तै विश्वास पात्र पूर्वकानुन मन्त्री तथा पूर्वमहान्यायधीवक्ता एमाले नेता अग्नि खरेलको नाम जोडिएपछि ओलीलाई तनाव भएको हो । खरेलले दिएको कानुनी सल्लाह अनुसार इच्छाराज तामाङले गठी गरेको खुलासा भएको छ ।

उनले तामाङलाई कानुनी संरक्षण दिएको पाइएको छ । सिभिल सेभिङ एण्ड को–अपरेटिभको अर्बौं रुपैयाँ हिनामिना तथा ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्व एमाले सांसद इच्छाराज तामाङले अग्नि खरेललाई कानुनी सल्लाहाकार राखेको खुलाशा भएको हो ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा महान्यायाधीवक्ता समेत रहेका खरेललाई तामाङले मासिक ५ लाख रुपैयाँ शुल्क बुझाउँदै आएको समेत अनुसन्धानमा देखिएको छ ।

सिभिल सहकारी स्रोतका अनुसार खरेलले केपी ओली नेतृत्वको सरकारमा महान्यायधिवक्ता रहँँदासम्म सिभिल सहकारीबाट मासिक ५ लाख रुपैयाँ बुझ्दै आएका थिए ।

‘अग्नी खरेलले मासिक रुपमा ५ लाख रुपैयाँ बुझ्दै आएको देखियो । उहाँले महान्यायाधीवक्ता पदमा रहँदा समेत कानुनी सल्लाहाकारको रुपमा शुल्क बुझ्दै आएको पाइएको छ,’ स्रोतले भन्यो ।

अनुसन्धान स्रोतका अनुसार खरेलको खातामा निरन्तर ५ वर्षसम्म मासिक ५ लाख रुपैयाँको दरले रकम गएको छ । खरेल र हाल सर्वोच्चकै न्यायाधीश रहेका हरिकृष्ण कार्की मिलेर पुतलीसडकमा एडभान्स ल एसोसिएट्स सञ्चालन गर्दै आएका थिए ।

तामाङले खरेललाई नियुक्त गरेर कानुनी संरक्षकको रुपमा मासिक लाखौँ बुझाउँदै आएको पाइएको हो ।

राजनीतिक रुपमा प्रधानमन्त्री केपी ओलीसँग नजिक रहेका तामाङले आफू ओलीको साढु भाई भएको बताउँदै आएका थिए ।