भाग २ : साना–मसिना तर ठूला जीवनोपयोगी प्रेरक प्रसंग


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असोज ३१ २०७८
5.7K
SHARES

(हामीले साना तर महत्वपूर्ण कथा, प्रसंगहरुलाई समेटेर ५ वटा सामाग्री तयार पारेका छौँ । तपाईँसँग पनि यस्तै, यस्तै प्रसंगहरु छन् भने फुटरमा रहेको इमेलमा मार्फत हामीलाई पठाउन सक्नुहुनेछ । तपाईको लेख उपयुक्त लागेको खण्डमा हामीले प्रकाशन गर्नेछौँ ।)

काठमाडौँ – प्रत्येक व्यक्तिको जीवनमा साना–साना कुराहरू आइ हन्छन् । र धेरैजसो व्यक्ति यस्ता कुरालाई उपेक्षा पनि गर्दछन् । त्यसप्रति खासै ध्यान दिदैनन् ।

एक पटक एक अपांग व्यक्ति बानेश्वरबाट कोटेश्वर जाँदै थिए । त्यो दिन उनी चढ्ने गाडि अर्कै काममा प्रयोग भएकाले उनी लौरोको सहाराले हिडिरहेका थिए । बाटोमा हिड्दै गर्दा ठक्कर लाग्यो । ऊ लड्यो, उसको टोपी भुईंमा खस्यो। त्यहाँ खेलिरहेका दुई बच्चा मध्ये एउटाले टोपीलाई लात्तिले हानिदियो र हाँस्यो ।

तर, अर्को केटा समझदार थियो । उसले टोपी उठायो, धूलो झायो र अपांगलाई दियो । लौरो उठाएर उसलाई उठ्नलाई मद्दत गरिदियो । त्यस लंगडो व्यक्तिले केटोको नाम ठेगाना लियो र त्यहाँबाट हिंड्यो ।

यो साधारण घटना थियो र यस्तो भइ नै रहन्छ । असल केटाकेटी कसैको मद्दत गर्दछन्, खराब केटाकेटी हाँसोमा उडाउँछन् । तर, त्यस घटनाको परिणाम धेरै ठूलो हुन गयो । घटना घटेको करिब एक महिनाजतिपछि ति अपाङ्ग व्यक्तिले १ लाख रुपैयाँ लिएरको उसको घरमा गए ।

त्यो केटा साह्रै गरिव रहेछ । घरमा बुढि आमा र उनी एक्लै थिए । उसलाई सरकारी विद्यालय पढ्न पनि मुस्किल थियो ।

उसलाई त्यो अपांग व्यक्तिले पुरस्कारको रूपमा त्यो रकम हस्तान्तरण गरे । यो पुरस्कारले केटोको जीवनमा नयाँ परिवर्तन ल्याइदियो । उसको शिक्षा रोकिएन । उसलाई प्रोत्साहन मिल्यो र त्यसको सहायताले उसले राम्रो उन्नती पनि गयो । ती दुबै व्यक्तिको नाम गोप्य राखिएको ।

धेरैले यस्ता कुरालाई साधारण कुरा भनेर टारिदिन्छन् । यही साधारण कुरा त कहिले–काँही पत्याइनसक्नुको परिणाम निम्त्याउँछ । जस्तै त्यो केटा । उसले एउटा टोपी उठाएर दिएको मात्र थियो । त्यही कारण उसको जिन्दगी फलिफाप भयो ।

अमेरिका संसारको ठूलो धनी देश हो । यही संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटनमा छ । यो प्रसिद्ध शहरको जन्म एउटा अति साधारण घटनाबाट भएको थियो ।

दुर्घटनाको बारेमा सुन्दा पनि हाँसो उठ्छ । एउटा टांगा बाटोमा पल्टिएको थियो । त्यसमा सवार व्यक्तिलाई केही चोटपटक पनि लाग्यो । यस्ता घटना त बारम्बार घटिरहन्छ, कुनै विशेष थिएन । तर टाँगा पल्टिनुको कारणबाटै वाशिंटन नगर बसालियो ।

भारतवर्षमा ‘महाभारत’ नाम गरेको प्रसिद्ध युद्ध भएको थियो । परापूर्व कालमा कौरव र पाण्डवको बीच । यो युद्धको धेरै कारणहरूमध्ये एउटा मुख्य कारण थियो, ‘द्रौपदीले दुर्योधनलाई खिज्याएको ।’

पाण्डवहरूको राजधानी ‘इन्द्रप्रस्थ’ मा द्रौपदीले एकपटक दुर्योधनलाई कुरैकुरामा ‘अन्धोको छोरा पनि अन्धो’ भनिदिएकी थिइन् । बस्, पुगिहाल्यो । कुरा साधारण थियो, रमाइलो कै लागि । तर, दुर्योधनलाई बिझ्यो । मन मनै उसले बदला लिने प्रण पनि गर्यो । र बदला लिइछाड्यो ।

कौरबले जुवामा पाण्डवसँग द्रौपदीलाई पनि जिते । उसलाई अपमानित गरियो, पाण्डवलाई राज्यबाट निकालियो । युद्धको बिउ रोपियो । एउटा मामूली कुरा भयंकर युद्धको कारण बन्न पुग्यो ।

तसर्थ, घर, कार्यालय वा बाटोमा किन नहोस् हामी साधारण कुरालाई नजरअन्दाज गरिदिन्छौँ । त्यसको परिणामले हामीलाई ठूलो क्षेति पुर्याएको हुन्छ । कुनैपनि कुरालाई सानो सम्झेर नगरअन्दाज नगरौँ ।