भाग तीन : एउटा सानो संयोग, जसले बाल्मिकीको जन्म भयो


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८
7.5K
SHARES

(हामीले साना तर महत्वपूर्ण कथा, प्रसंगहरुलाई समेटेर ५ वटा सामाग्री तयार पारेका छौँ । तपाईँसँग पनि यस्तै, यस्तै प्रसंगहरु छन् भने फुटरमा रहेको इमेलमा मार्फत हामीलाई पठाउन सक्नुहुनेछ । तपाईको लेख उपयुक्त लागेको खण्डमा हामीले प्रकाशन गर्नेछौँ ।)

काठमाडौँ – तपाईँ समाजमा बस्नुहुन्छ । तपाईँलाई दिन दिनै सयौं मान्छेसँग भेट गर्नुपर्ने हुन्छ । राम्रा, नराम्रा सबै खालका व्यक्ति तपाईंको सम्पर्कमा आउँछन । कोही मिठो बोली बोल्दछन्, त कोही रूखो । तपाईंलाई थाहै छ मिठो बोल्ने व्यक्तिको प्रभाव स्थायी हुन्छ ।

मिठो बोली औषधि हो र कटु बचन विषवाण हो जुन नराम्रोसंग बिझछ । मिठो बोल्नु, एउटा साधारण कुरा हो । कुरा साधारण नै छ । मानिस ध्यान दिदैनन् । तर, जो व्यक्ति यसमा ध्यान दिन्छन् उनीहरू प्रत्येक परिस्थितिमा मिठो बोल्दछन् । यस्ता मामूली कुरामा पनि उनीहरू सधैं ध्यान दिन्छन् । सानो त्रुटी पनि हुन दिदैनन । तपाई मीठो बोल्नुहुन्छ भने तपाइँका चारैतिर मित्रमित्र मात्र हुन्छन् ।

तपाईंलाई मन पराउनेको भीड नै लाग्दछ । तपाईंको गुणगान र प्रशंसा गर्नेहरूको खाँचो कहिल्यै पर्दैन । चारैतिर तपाईँका गुणको बखान फैलिन्छ । यदि तपाइँ कटु बचन बोल्नुहुन्छ भने तपाईं आफ्नो चारैतिर शत्रु नै शत्रु पाउनुहुन्छ । एक साधारण कुरा कटु बचनले तपाइलाई शत्रुहरूको बीचमा पुऱ्याइदिन्छ ।

तपाईंले कसैको केही बिगार्नुभएको छैन, तर तपाईले कटु वचन बोल्नुहुन्छ भने तपाईंका शत्रु बढी नै रहेका छन । तपाईँको चारैतिर निन्दा भई न रहेको छ । समाजमा तपाईंको नाम इज्जतको साथ लिइदैन । जबकि तपाईले नराम्रो काम केही गर्नुभएको छैन । तपाई इमान्दार, परिश्रमी हुनुहुन्छ । तर, तपाईको एउटा साधारण अवगुण छ । तपाई एउटा सानो गल्ती गर्नुहुन्छ ।

संस्कृतका महाकवी तथा नाटककार कालिदास अनपढ र मूर्ख थिए । उनकी पत्नी थिइन् विदुषी । विवाहअगाडि उनी कालिदासलाई विद्वान ठान्दथिन् । परन्तु विवाहपछि जब उनले पतिलाई मूर्ख पाइन् उनले प्रेरणास्वरूप सिर्फ केही शब्द मात्रै भनेकी थिइन् ।

यही सानो कुरा कालिदासको मनमा राम्ररी जमेर बस्यो । उनी घरबाट निस्केर गए । जब फर्केर आए, पत्नी भन्दा पनि विद्वान भइसकेका थिए कालिदास । उनले संस्कृतमा जेजति साहित्य सृजना गरे त्यसको मूल्यांकनको कुनै सिमा छैन ।

बाल्मिकी डाकू थिए । जब बाल्मिकी ऋषिहरू कहाँ लुटपाट गर्न पुगेका थिए, एक ऋषिले सोधे, ‘यो सब अपराध कसको लागि गरिरहेका छौ ? जुन परिवारको लागि यो सब गरिरहेका छौ, के तिम्रो परिवारजन तिम्रो पापको फल भोग्न पनि तयार छन् त ?’

यो सानो र सामान्य प्रश्न थियो । तर, बाल्मिकीको मन्मा खैलाबैला मच्चाउन सफल भयो । बाल्मिकी ऋषिहरूलाई डोरीले बाँधेर घर आए । घरमा उनले परिवारका को–को सदस्यहरूलाई त्यस पापको सजाय भोग्न तयार छ भनी सोधे । पत्नी, आमा–बाबु, भाइ, बहिनी, छोरा, छोरी सबैले एक मुखले उत्तर दिए, ‘जसले पाप गर्छ उसैले पापको फल पनि भोग्नुपर्दछ । अरूले भोग्दैन ।’

कुरा यत्ति थियो, साधारण थियो । बाल्मिकी गम्भीर भए । उनी भित्रको ‘मान्छे’ ब्युझियो । यही सानो कुराले बाल्मिकीलाई यति प्रभावित गर्यो कि उनको जीवन नै बदलिदियो । त्यसपछि उनले तुरून्तै ऋषिहरूलाई बाँधेको डोरी फुकालिदिए र माफी मागे ।

उनले गहिरो अध्ययन गरे । भाषा र शास्त्रको अध्ययन साथसाथै उनले भगवत् प्रेममा पनि मन लगाए । परिणामस्वरूप विश्वकै प्रथम कविको उदय भयो । संस्कृत साहित्यमा रामायण महाकाव्यको उत्पत्ति भयो । यस्तै साना–साना कुराले मानिसको जिन्दगीलाई नै बदलिदिएको छ ।

तसर्थः रुखो बोल्ने र सानातिना कुराहरुको बेवास्ता गर्ने बानी छ भने आजैबाट छोड्नु होस् । त्यसले तपाईँको जीवनलाई सार्थक तुल्याउने छ ।