गृहमन्त्री बालकृष्ण खाँडले दिउँसै रात पारे, प्रचण्डसमेत चकित


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, कार्तिक १ २०७८
7.8K
SHARES

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड दिउसै रात पारेका छन् । गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका खाँडले जनताको अगाडि झुट बोलेर दिउसै रात पारेका हुन् ।

मन्त्री बनेको तीन महिनासम्म अन्य जिल्लामा हेलिकप्टर सयर गरेपनि मन्त्री खाँड आफ्नो गृहजिल्लामा पहिलो पटक पुगेका थिए । उनी नपुगे पनि उनको आदेशमा ४ जना सुकुम्बासीहरुले प्रहरीको गोली लागि ज्यान गुमाइसकेका छन् ।

आफू भन्दा पहिला गोली पठाएर सुकुम्बासीको ज्यान लिएको भनेर आलोचना भइरहेका गृहमन्त्री खाँडले आज रुपन्देही पुगेर अहिलेको सरकारले औधोगिक क्षेत्र बनाउन मन नहुँदा नहुँदै बाध्यताले बनाएको बताएका छन् ।

कम्युनिष्टहरुको झगडाका कारण देशलाई निकान दिन काग्रेसले नेतृत्व लिएको दावी उनको गरेका छन् ।

सर्वोच्च अदालतमा फलानोलाई प्रधानमन्त्री बनाइ पाउँ भनेर रिट निवेदन हालेर परमादेशबाट प्रधानमन्त्री तोकेर सरकार बनाएको तथ्य अगाडी हुँदा हुँदै पनि गृहमन्त्री खाँडले मन नभइ नभई पनि बाध्य भएर अहिलेको सरकार बनाएको बताएका छन् ।

देशलाई निकास दिन वाध्यतावश कांग्रेसले दलहरुसँग गठवन्धन गरेर सरकारको नेतृत्व खाँडले लिएको बताए ।

‘वहुमत पाएको पार्टी र प्रधानमन्त्रीले पार्टी झगडाका कारण चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरु दलसँग गठवन्धन गरेर सरकारमा गएको हौं,’ उनले भने ।

गृहमन्त्री खांणले भैरहवा विमानस्थल छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक प्रयास गरिरहेको बताए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार पार्दैछौं,’ उनले अघि भनेका छन् ।